2019-12-19

मिति २०७६।०७।२१ गते प्रेस विज्ञप्ति फाल्गुनन्द गाउँपालिकामा मातृभाषा पठनपाठनमा देखिएको अवरुद्धता

मिति २०७६।०७।२१ गते

प्रेस विज्ञप्ति

पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिकामा मातृभाषा पठनपाठनमा देखिएको अवरुद्धता प्रति किरात याक्थुङ चुम्लुङको गम्भीर ध्यानाकार्षण भएको छ ।

संविधानले ‘मातृभाषा र शिक्षा’लाई विशेष महत्व र प्राथमिकता दिनुका साथै आम् विद्वत् वर्गले यसको पक्षमा मत दिएको सर्वविदितै छ । यसलाई कार्यान्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय सरकारहरुलाई औपचारिक माग गरिएको र फाल्गुनन्द गाउँपालिकाले यस सम्बन्धमा शुरुवाती कार्यान्वयन कार्य अभ्यास गरेको थियो, जो अत्यन्त प्रशंसनीय र उदाहरणलायक थियो । तर यस सह्रानीय अभ्यासलाई अबरुद्ध हुने स्थिति जो पैदा भयो त्यस प्रति गहिरो दुख एवम खेद व्यक्त गर्दछौं । यो प्रकरणमा भाषिक, सामाजिक, साँस्कृतिक, राजनीतिक विकासमा अदुरदर्शिता देखा परेको छ ।

मातृभाषा संरक्षण, सम्बद्र्धन र पठनपाठन गर्नगराउन सम्पूर्ण राजनीतिक दलहरु र विभिन्न समुदायहरुको कर्तव्य रहेको स्मरण गर्दै सम्बन्धित सबैमा सहकार्यको लागि हार्दिक अपील गर्दछौं । मातृभाषामा पठनपाठनमा अवरुद्ध हुने अवस्था सृजना भएको हुनाले मातृभाषामा शिक्षा प्राप्त गर्ने अवस्थाको सुनिश्चितताका लागि उचित व्यवस्था यथाशीघ्र गर्न संघ, प्रदेश र स्थानीय सरकार लगायत सम्बन्धित सरोकार पक्ष सबैमा जोडदार माग गर्दछौं ।

योगराज लिम्बू वनेम

अध्यक्ष, केन्द्रीय कार्य समिति