स्व. तेज यक्सोको सम्झनामा एक श्रद्धाञ्जली सभा सम्पन्न
कात्तिक २२, २०७६ । ललितपुर चुम्लुङ भवन । किरात याक्थुङ चुम्लुङको संस्थापक सचिव स्व. तेज यक्सोको सम्झनामा एक श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । कियाचु केन्द्रीय सचिवालयको आयोजनामा केन्द्रीय अध्यक्ष योगराज लिम्बु वनेमको अध्यक्षतामा महासचिव निरन्ती तुम्बापोबाट सञ्चालित उक्त शोक सभामा केन्द्रीय सल्लाहकारहरु उत्तमसिं थाङदेन, मञ्जुल याक्थुम्बाले वहाँको योगदानबारे बोल्नुभएको थियो । परिवारको तर्फबाट यक्सो समाजका अध्यक्ष विष्णु यक्सोले बोल्नुभएको थियो । कार्यक्रमको शुरुवातमा वहाँको योगदानहरुको बारेमा केन्द्रीय उपाध्यक्ष प्रेम येक्तेनले संक्षिप्त जीवनी बाचन गर्नुभएको थियो । शोक सभामा वहाँप्रति एक मिनेट मौन धारण र वहाँको फोटोमा माल्यार्पण साथै फुलको गुच्छाहरु अर्पण गरी सहभागीहरुबाट श्रद्धाञ्जली अर्पण गरिएको थियो ।