2019-12-19

समाजसेवी मे. भरतसिंह जबेगु समाजसुधार पुरस्कारबाट सम्मानित ।

कात्तिक २५, २०७६ । ललितपुर चुम्लुङ भवन । किरात याक्थुङ चुम्लुङको संस्थापक अध्यक्ष, सानो हात्तीबन माङहिम व्यवस्थापन समितिको संस्थापक सदस्य लगायत विविध समाजसेवा गर्नुभएका ललितपुर निवासी वर्ष ८७ को समाजसेवी मेजर भरतसिंह जबेगूलाई सम्बत् २०७६ सालको कियाचु फाल्गुनन्द लिङदेन समाजसुधार पुरस्कारबाट पुरस्कृत एवम् सम्मानित गरिएको छ ।

कियाचु ललितपुरद्वारा आयोजित राष्ट्रिय विभूति समाजसुधारक महागुरु फाल्गुनन्द लिङदेनको १३५ औं जन्मजयन्ती समारोहमा प्रमुख अतिथि मञ्जुल याक्थुम्बाबाट पागा पहिराई, नगद रु १० हजारसहित सम्मान पत्र प्रदान गरेर पुरस्कृत एवम् सम्मानित गरिएको थियो । कार्यक्रममा पुरस्कृत एवम् सम्मानित व्यक्तित्व जबेगूको बारेमा चुम्लुङ महासचिव निरन्ती तुम्बापोले प्रकाश पार्नुभएको थियो । ललितपुरका जिल्ला अध्यक्ष रामबहादुर बखिम लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा चुम्लुङ केन्द्रीय उपाध्यक्ष प्रेम येक्तेन लगायतको केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

सोही अवसरमा महासचिव तुम्बापोलाई मेजर भरतसिंह जबेगुबाट रु १० हजार र विष्णु यक्सोबाट रु ५ हजार कियाचु फाल्गुनन्द लिङदेन समाजसुधार पुरस्कार कोषलाई नगद हस्तान्तरण गर्नुभएको थियो ।

मे. भरतसिंह चबेगु – संस्थापक अध्यक्षको संक्षिप्त परिचय

१. परिचय ः नाम ः मे. भरतसिंह चबेगु लिम्बु

जन्म मिति ः सन् १९३२ अक्टुबर १४

जन्म स्थान ः सुकेपोखरी, दार्जिलिङ

हालको बसोबास ः भनी मण्डल, वडा नं. ४, ललितपुर

विवाह ः सन् १९५३ जनवरी श्रीमती ः भक्तमनिका राई चबेगु

छोरा ः किरण चबेगु बुहारी ः ससी खिम्दिङ चबेगु नाति ः आदित्य स्थुम्को चबेगु, अभिनय चबेगु छोरी÷ज्वाइँहरु ः प्रभा चबेगु देवान÷पारस देवान कल्पना चबेगु देवान÷जय देवान

२. शैक्षिक योग्यताः १) मेट्रिक – स्कटिस मेसिनरी सेकेण्डरी इङ्लिस स्कुल, सुकेपोखरी, दार्जिलिङ सन् १९४८ GHCE (Gurkha Higher Certificate of Education) 1956

 ३. भाषिक ज्ञान अङ्ग्रेजी, खस नेपाली, हिन्दी, मले, लिम्बू क्र. सं. भाषा लिखित मौखिक १ हिन्दी राम्रो राम्रो २ अङ्ग्रेजी राम्रो राम्रो ३ खस नेपाली राम्रो राम्रो ४ मले — राम्रो ५ लिम्बू — साधारण

४. बृटिस आर्मीमा भर्ति, सेवा र अवकाशः भर्ति– सन् १९४९ अक्टुबर १४, बृटिस आर्मी सेवा– ३२ वर्ष सेवा अवकाश– अवकाश सन् १९८१ अवकाशपछि–Executive officer at the time of Dharan Ghopa Camp Closing Down (1989-1990)

Medals

a) LSGC- (Long Service and Good Conduct Medal)

b) GSM- (General Service Medal), Malaysia

c) GSM- (General Service Medal), Malaysia Peninsular


Experiences

a) Chief Clerk 17th Gurkha Division, Engineer Branch, Malaysia (1959-1961)

b) QGE Orderly room sergeant (1961-1968)

c) Head Clerk QGE (1968-1974)

d) Head Clerk Training Center Sek Kong Hong Kong (1974-1977)

e) Head Clerk HQBGN - (1977-1980)

f)  Gurkha Welfare Scheme Nepal. Executive Officer (1981-1983)

g) BGN Dharan Executive Officer Movement Branch. (1983 to untill close down)

Visit : UK, Malaysia, Singapore, Brunei, HK, लिम्बुवान प्रदेश, भारत

९. युद्धः मलेसिया इमर्जेन्सी, सन् १९४९–१९५७ १०.

चुम्लुङमा आबद्ध

१) विशिष्ट संरक्षक सदस्य, कियाचु

२) केन्द्रीय सदस्य, वि. सं. २०५७,कियाचु

३) संस्थापक अध्यक्ष, कियाचु जिल्ला शाखा ललितपुर २०५३

४) सल्लाहकार, कियाचु ललितपुर

विभिन्न संस्थामा आबद्धः

१) संस्थापक सदस्य – सानो हात्तीवन किरात माङहिम व्यवस्थापन समिति, सन् १९९०

२) संस्थापक सदस्य – सिरिजङ्गा बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौं

३) सदस्य – किरात कल्याण संघ, ललितपुर

४) संस्थापक सदस्य – इमानसिंह चेम्जोङ पुरस्कार

५) संरक्षक सदस्य – किरात याक्थुङ थेगिमहाङ चोबेगु सजुम्लुङ– वि. सं. २०७१

सिर्जना तथा प्रकाशन ः आसेवारो (बाल कविता सङ्ग्रह)

रूचि ः समाजसेवा