2020-01-21

अनलाइन विमर्श कार्यक्रम फाल्गुनन्द लिङदेनको १३५ औं जन्मजयन्तीको सन्दर्भमा

२०७६ कात्तिक २० गते । काठमाडौं । किरात याक्थुङ चुम्लुङ, लिम्बु विद्यार्थी मञ्च र याक्थुङ युवा मञ्चले संयुक्तरुपमा लिम्बु विभूतिहरुको जन्मजयन्तीको अवसरमा अनलाइन विमर्श कार्यक्रम शरुवात गरेको छ । सो अनुसार राष्ट्रिय विभूति समाजसुधारक महागुरु फाल्गुनन्द लिङदेनको १३५ औं जन्मजयन्तीको सन्दर्भमा उनको भाषिक, सामाजिक आर्थिक, सांस्कृतिक, धार्मिक, लैंगीक समानता, समाज नेतृत्व योगदानबारे दुइजना विद्वानहरु क्रमशः बुद्धिजीवी खगेन्द्र जबेगु र पूर्व प्रशासक एवम् लेखक भगीराज इङनामलाई यस अनलाईन विमर्श कार्यक्रममा प्रस्तुत भएका छन् ।