2020-01-21

विविध कार्यक्रमको साथमा चासोक तङनाम 2076

chasok tangnam 2076 photo

मिति २०७६ मंसिर २६ गते विविध कार्यक्रमको साथमा सानो हातिवन माङहिममा चासोक तङनाम सम्पन्न गरिएको छ । तस्वीरमा उल्लेखित चासोक तङनाम ललितपुरमा सम्पन्न चासोक मेलामा बालबच्चाहरुको खेलमा रमाइरहेको हो । यो चाडमा लिम्बुवानमा मेला, सामुहिक भेला, भेटघाट, पूजाआजा, शुभकामना आदानप्रदान सहित हर्षोल्लासका साथ मनाउने व्यापकता देखापरेको छ । साथै विदेशहरुमा जहाँ चुम्लुङ छ, जहाँ लिम्बुहरुको बाक्लो बसोबास छ ती ठाउँहरुमा यो चासोक चाड तत् देशका राजदुतावासका प्रतिनिधिहरुसहित सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुको भेलाबाट सम्पन्न हुने गरेका व्यापक देखिन्छन् ।