केन्द्रीय कार्यालयको फायलिङ प्रणालीलाई प्रमाणित गरी जारी
filing system issued photo
मिति २०७६ मंशिर ३० गते किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालयको फायलिङ प्रणालीलाई अध्यक्ष योगराज वनेम लिम्बुबाट प्रमाणित गरी जारी गर्ने काम सम्पन्न भएको छ । यस प्रणालीको साथमा कियाचुसँग सम्बन्धित वैधानिक रेकर्डहरुको विवरण अनुसूचीको रुपमा तयार गरी अभिलेख राख्ने काम भएको छ । यो फायलिङ प्रणालीलाई मिति २०७६ मंशिर ६ गते बसेको केन्द्रीय सचिवालयबाट पारित गरिएको थियो । यस प्रणालीलाई मातहतका समितिहरुले उदाहरणको रुपमा अनुशरण गरी कार्यालयको कागजात तथा अभिलेखहरु व्यवस्थित गर्न सकिनेछ ।

