International Conference on Limbuwan Studies - 2020 आयोजना गर्ने

लिम्बुवान स्टडी सेन्टरको बैठकले आगामी 6,7 June 2020 मा ललितपुरस्थित चुम्लुङ्हिममा "International Conference on Limbuwan Studies - 2020" कार्यक्रम आयोजना गर्नेभएको छ । लिम्बुवान अध्ययन केन्द्रले आयोजना गर्न लागेको उक्त सम्मेलनको नारा "Affirming the Roots of Limbus: Shaping the Future" रहेको छ । सम्मेलनमा प्रस्तुत गर्नको लागि विभिन्न विद्वान, अभियन्ताहरुबाट कार्यपत्रहरु माग गर्ने शिलशिलामा call for papers जारी गरिएको छ । विस्तृत जानकारीको लागि www.limbuwanstudies.org मा छ ।