अमर तुम्याङ्लाइ केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन

मिति २०७६ साल पुस ११ गते बसेको किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको सचिवालयको बैठकले प्राज्ञ अमर तुम्याङ्लाइ केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरि केन्द्रीय अध्यक्ष योगराज वनेमद्वारा सपथग्रहण गर्ने,गराउने कार्यक्रम सम्पन्न भएको छ । उहाँलाइ बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं । अमर तुम्याङहाङको संक्षिप्त परिचय गराउँदा वहाँ लामो समयदेखि तान्छोप्पा पत्रिकामा सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ । इतिहासकार इमान सिंह चेम्जोङ उपर पहिलो लिम्बु भाषामा महाकाव्य लेख्ने लिम्बु भाषाको कवि साहित्यकार हुनुहुन्छ । बालसाहित्य वहाँको नेपाली साहित्यमा अर्को परिचय हो । लिम्बु भाषा साहित्य प्रतिष्ठानको महासचिव हुनुहुन्छ । लिम्बु भाषामा लेखिएका पुस्तकहरु आनीपान, लिम्बु भाषाका माध्यम किताबहरुको लेखन गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ पनि भइसक्नुभएका वहाँ त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरी सानो ठिमी क्याम्पसका उपप्राध्यापक पदमा कार्यरत हुनुहुन्छ ।