लिम्बु नयाँ वर्ष र ककफेक्वा तङनाम चाड सम्पन्न ।

२०७६ माघ १ गते । आजकै दिनदेखि किरात येले सम्बत् ५०८० लाग्दछ भन्ने मान्यता लिम्बुहरु साथै किरातजनहरुमा विश्वास गरिन्छ । त्यसैले यो लिम्बु र किरातजनहरुको लागि नयाँ वर्षको शुरुवाती दिन नयाँ वर्ष चाड पनि हो । त्यसैगरी यसलाई ककफेक्वा तङनामको रुपमा पनि मनाइन्छ । यो चाड घरपरिवार, सार्वजनिक थलो, संस्थागत देशविदेशमा विविधरुपहरुमा हर्षोल्लासका साथ मनाउने गरिन्छ । प्रस्तुत तस्वीर कियाचु ललितपुरबाट ललितपुर चुम्लुङ हिममा आयोजित कार्यक्रम हो । उक्त कार्यक्रममा प्रदेश ३ का प्रदेश सभा सदस्य माननीय राजकाजी महर्जनज्युको प्रमुख आतिथ्य, कियाचु केन्द्रीय अध्यक्ष योगराज लिम्बु वनेमको विशेष आतिथ्य र कियाचु ललितपुर अध्यक्ष रामबहादुर बखिमको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको थियो । उद्घाटन समारोह पश्चात् चुम्लुङ हिममा सांस्कृतिक मेला, गीतसंगीत, खानपानसाथ बृहतरुपमा कार्यक्रम सम्पन्न भएको थियो । यसरी नै नेपालको विभिन्न भुभागहरुमा विभिन्न रुपमा देश र विदेशमा समेत यो चाड भव्यरुपमा मनाइएको छ ।