याक्थुङ मुन्चइत चोक(चलचित्रकर्मी) सयङसँग सम्बन्धन र सहकार्य

याक्थुङ मुन्चइत चोक (चलचित्रकर्मी) सयङसँग सम्बन्धन र सहकार्य
मिति २०७६ फागुन २ गते (किरात येले तङ्वे ५०८०) किरात याक्थुङ चुम्लुङ प्रतिनिधि र याक्थुङ मुन्चइत चोक सयङको प्रतिनिधि बीच ललितपुर जिल्ला, ललितपुर महानगरपालिका, वडा नं. १४ तिखेदेवल शोभाहिटी स्थित किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालय ललितपुर चुम्लुङ हिममा बसी दुवै स्वायत्त संस्थाहरू मिली आदिवासी लिम्बू जातिको हित र साझा उद्देश्य प्राप्तिका लागि उल्लेखित बुँदाहरूमा सहमति भई सम्बन्धन दिने लिने कार्य सम्पन्न भएको छ । उक्त सम्बन्धन पत्रमा किरात याक्थुङ चुम्लुङको तर्फबाट अध्यक्ष योगराज लिम्बु वनेम, महासचिव निरन्ती तुम्बापो र याक्थुङ मुन्चइत चोक सयङको तर्फबाट अध्यक्ष सुर्यप्रकाश चेम्जोङ, सदस्य सागर केरुङले हस्ताक्षर गर्नुभएको छ ।
उक्त सम्बन्धन पत्रमा हस्ताक्षर भएपछि दुवै संस्थाहरुले एकापसमा १) भाषा, लिपि, संस्कार, संस्कृति, इतिहास, परम्परा आदि क्षेत्रमा सहकार्य हुनेछ । २) याक्थुङ मुन्चइत चोक सयङको अध्यक्ष वा प्रतिनिधि किरात याक्थुङ चुम्लुङको विधानको व्यवस्था बमोजिम राष्ट्रिय महाधिवेशन र राष्ट्रिय चुम्लुङमा सहभागिता रहनेछ । ३) किरात याक्थुङ चुम्लुङको अध्यक्ष वा प्रतिनिधि याक्थुङ मुन्चइत चोक सयङको अधिवेशन र साधारणसभामा अतिथिको रुपमा सहभागिता रहनेछ ।