2020-09-06

लिम्बु बंश थरगतहरुको धरान भेला सम्पन्न

limbu thargat dharan vela

लिम्बु बंश थरगतहरुको धरान भेला सम्पन्न

मिति २०७६ फागुन १० गते (फेब्रुवरी २२, २०२०) धरान चुम्लुङ हिममा लिम्बु वंश थरगत संस्थाहरुको भेला सम्पन्न भएको छ । उक्त भेलामा करिब ३० लिम्बु थरगत संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । भेलामा सहजीकरण समुह सचिवालयको संयोजक नन्द कन्दङवाले “आदिवासी याक्थुङ (लिम्बु) थरगत समुदायहरुको भूमिका शसक्त, सुदृढ र उपयोगी बनाउनुपर्ने आवश्यकता र औचित्य सम्बन्धी अवधारणा पत्र २०७६” प्रस्तुत गर्नुभयो । उक्त अवधारणा पत्रमा निम्न उद्देश्यहरु, रणनीति र अपेक्षित उपलब्धीहरु उल्लेख छन् ।

उद्देश्यहरु

  • याक्थुङ (लिम्बु) थरगतहरुको आ आफ्नो पकड क्षेत्रको गाउँ गाउँ स्तरको विकास, भाषा, लिपि, संस्कृति, ऐतिहासिक स्थल, परम्परा, भूमि, प्राकृतिक स्रोत, चर्चेको वन जंगल, चिहान, मान्गेन्ना यक, मुन्धुमी स्थलहरुको संरक्षण र प्रवद्र्धन गर्दै सन्धी, सम्झौता, अन्तर्राष्ट्रिय कानूनले सुनिश्चित गरेको आफ्नो प्रथाजनित भूमीलाई व्यवहारिकरुपमा स्थापित गर्ने,
  • लोप भईसक्न लागेको लिम्बुहरुको प्रथाजनित परम्परागत संस्थालाई थरगतहरु बसोबास रहेको गाउँ गाउँमा ति प्रथजनित संस्थाहरुलाई स्थापित गर्दै तिनीहरुलाई न्यायिक र शासकीय स्वरुपमा कार्य गर्न सबल र शसक्त बनाउने ।

 

रणनीति

  • माथिका उदेश्यहरु पुरा गर्न प्रत्येक लिम्बु बंशका थरगत संस्था समुहका अध्यक्ष या महासचिव या प्रतिनिधि १ जना रहने गरी लिम्बुवानका स्वतन्त्र बौद्धिक व्यक्तित्वहरु रहेको एक मुल अभियान समुह गठन गरिनेछ ।
  • उद्देश्यहरु पुरा गर्न थरगतहरुलाई सहजिकरण गर्न किरात याक्थुङ चुम्लुङ सहितको लिम्वुवानका स्वतन्त्र, बौद्धिक व्यक्तित्वहरुको ८ सदस्यीय सहजिकरण समुह रहेको सचिवालय रहने । सचिवालयका सदस्यहरुमध्ये तुम्याङहाङ प्रणाली अनुसार तुमतुम्याङहाङबाट सचिवालयको अध्यक्षता हुनेछ ।
  • थरगत संस्थाहरुलाई माथिका उदेश्यहरुमा स्पष्ट बनाउदै उनीहरुको थातथलोमा सो सम्बन्धि काम गर्न सम्बन्धित थरगतकै आयोजनामा अन्य कामहरुलाई बढाउने ।
  • थरगतहरुले उठान गर्नुपर्ने मुद्दाहरुको बारेमा समुहले सूची तयार गर्ने, थप अध्ययन अनुसन्धान गरी विषय वस्तुको बारेमा स्पष्ट हुने ।
  • थरगत संस्थाहरुले आफ्नो थातथलोमा प्रथाजनित संस्था चुम्लुङ र तुम्याङहाङ प्रणाली स्थापित गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा भएका नीति नियमहरु र अभ्यासहरु सम्प्रेषण गर्ने ।
  • सम्बन्धित थरगत बंशको प्रथाजनित भूमीको स्थापना र प्रथाजनित संस्था चुम्लुङ र तुम्याहाङ प्रणालीको भुमिका र त्यसले गर्ने कार्यहरुकोबारेमा स्थानिय तहमा छलफल गरि निश्कर्षमा पुग्ने ।

 

अपेक्षित उपलब्धीहरुः

  • थरगतहरु लिम्बु समुदायको विकास र हक अधिकार संरक्षणका लागि संगठित भएका हुनेछन् ।
  • संगठित नभएका थरगतहरुलाई संगठित हुन प्रोत्साहित गरी संगठित नभएकाहरु संगठित हुनेछन् ।
  • थरगतहरुले आफ्नो पुख्र्यौली÷प्रथाजनित भूमि, भूक्ष्ोत्र, स्रोत साधन, भाषा, संस्कृति, परम्परा संरक्षणमा विशेष मुद्दाहरुको पहिचान गरी कटिवद्ध भई लागेका हुनेछन् ।
  • आफ्नो पुख्र्यौली प्रथाजन्य भूमि, भूक्ष्ोत्र, स्रोत, भाषा, संस्कृति, परम्परा संरक्षणका मुद्धा उठेको हुनेछ ।
  • आदिवासी लिम्बूको भूमि अधिकार सशक्त रुपमा उठेको हुनेछ ।
  • लिम्वु थरगतहरुले आफनो समुदायमा प्रथाजनित कानुको अभ्यास तुम्याङ न्यायीय प्रणालीको अभ्यास गरेका हुनेछन् ।
  • आदिवासी अधिकारको लागि संयुक्त राष्ट्र संघीय घोषणा पत्र, आइएलओ महासन्धी १६९ र अन्य आदिवासी जनजातिका पक्ष्मा भएका राष्ट्रिय÷अन्तर्राष्ट्रिय कानुन अन्तरगत याक्थुङ (लिम्बु) स्वयत्तता, स्वशासन र आत्मनिर्णयको अधिकारको अभ्यास र स्थापना भएको हुनेछ ।
  • याक्थुङ (लिम्बु)को शासकीय स्वरुपको विकास गरेर सो को समेत काम भएको हुनेछन ।

 

उक्त अवधारणा पत्रमाथि छलफल गर्न, कार्यान्वयन गर्न, के, कसरी र कसको भूमिका के हुने ? समस्याहरु के के छन् ? समस्या समाधानका योजनाहरुको बारेमा समूह विभाजन गरी समुहगत टिप्पणी र सुझाव सहित अनुमोदन गरियो । अवधारणा पत्रमा उल्लेखित सहजीकरण सचिवालय ८ जनाको कार्यरत टिमलाई अनुमोदन गर्दै र मूल आयोजक समिति बनाउने भेलाले निर्णय गरियो । उक्त मूल आयोजक समितिको लागि उपस्थित प्रत्येक थरगत संस्थाहरुले तुरुन्त नाम पठाउने पनि निर्णय भयो ।

भेलामा सहजीकरण सचिवालयको तर्फबाट राम मादेन र डा. कमल तिगेलाले गर्नुभयो । भेलामा डा. कृष्ण भटट्चनले थकालीहरु बीचको परम्परागत संस्थाको अभ्यास र अनुभव सुनाउनुभएको थियो भने अन्तमा चलचित्र निर्देशक नबीन सुब्बाले मन्तव्यसहित सहभागीहरुलाई धन्यवाद दिनुभयो । कियाचुका अध्यक्ष योगराज लिम्बु, महासचिव निरन्ती तुम्बापो लगायतको कियाचु सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको उक्त भेलाको व्यवस्थापन पक्ष कियाचु सुनसरी र धरान समितिले सहयोग गरेको थियो ।