2020-09-06

योङहाङ समाजसँग सम्बन्धन र सहकार्य

yonghang samaj affiliation

योङहाङ समाजसँग सम्बन्धन र सहकार्य

मिति २०७६ फागुन ११ गते (किरात येले तङ्वे ५०८०) किरात याक्थुङ चुम्लुङ प्रतिनिधि र योङहाङ समाजको प्रतिनिधि बीच ललितपुर जिल्ला, ललितपुर महानगरपालिका, वडा नं. १४, तिखेदेवल शोभाहिटीस्थित ललितपुर चुम्लुङ हिममा बसी दुवै स्वायत्त संस्थाहरू मिली आदिवासी लिम्बू जातिको हित र साझा उद्देश्य प्राप्तिका लागि उल्लेखित बुँदाहरूमा सहमति भई सम्बन्धन दिने लिने कार्य सम्पन्न भएको छ । उक्त सम्बन्धन पत्रमा किरात याक्थुङ चुम्लुङको तर्फबाट उपाध्यक्ष प्रेम येक्तेन, सदस्य गोविन्द आङबुङ र योङहाङ समाजको तर्फबाट अध्यक्ष नेत्रविक्रम योङहाङ, उपाध्यक्ष भिमप्रसाद योङहाङले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्बन्धन पत्रमा हस्ताक्षर भएपछि दुवै संस्थाहरुले एकापसमा १) भाषा, लिपि, संस्कार, संस्कृति, इतिहास, परम्परा आदि क्षेत्रमा सहकार्य हुनेछ । २) माङ्गेना यक, समाधिस्थल, मुन्धुमी स्थलहरू (सांस्कृतिक स्थल, तीर्थस्थल, प्राचीन स्मारकस्थल, कलात्मक वस्तु) ऐतिहासिक एवम् पुरातात्विक स्थलहरू, भूमि, प्राकृतिक स्रोतहरूको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनमा सहकार्य हुनेछ । ३) योङहाङ समाजको अध्यक्ष वा प्रतिनिधि किरात याक्थुङ चुम्लुङको विधानको व्यवस्था बमोजिम राष्ट्रिय महाधिवेशन र राष्ट्रिय चुम्लुङमा सहभागिता रहनेछ । ४) किरात याक्थुङ चुम्लुङको अध्यक्ष वा प्रतिनिधि योङहाङ समाजको अधिवेशन र साधारणसभामा अतिथिको रुपमा सहभागिता रहनेछ ।