2020-09-06

सम्बाहाङफे उत्थान संघसँग सम्बन्धन र सहकार्य

sambahangfe utthan sang affiliation

सम्बाहाङफे उत्थान संघसँग सम्बन्धन र सहकार्य

मिति २०७६ फागुन ११ गते (किरात येले तङ्वे ५०८०) किरात याक्थुङ चुम्लुङ प्रतिनिधि र सम्बाहाङफे उत्थान संघको प्रतिनिधि बीच ललितपुर जिल्ला, ललितपुर महानगरपालिका, वडा नं. १४, तिखेदेवल शोभाहिटीस्थित ललितपुर चुम्लुङ हिममा बसी दुवै स्वायत्त संस्थाहरू मिली आदिवासी लिम्बू जातिको हित र साझा उद्देश्य प्राप्तिका लागि उल्लेखित बुँदाहरूमा सहमति भई सम्बन्धन दिने लिने कार्य सम्पन्न भएको छ । उक्त सम्बन्धन पत्रमा किरात याक्थुङ चुम्लुङको तर्फबाट उपाध्यक्ष प्रेम येक्तेन, सचिव भिमप्रसाद योङहाङ र सम्बाहाङफे उत्थान संघको तर्फबाट अध्यक्ष सेर बहादुर सम्बाहाङफे, महासचिव राम कुमार सम्बाहाङफेले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्बन्धन पत्रमा हस्ताक्षर भएपछि दुवै संस्थाहरुले एकापसमा १) भाषा, लिपि, संस्कार, संस्कृति, इतिहास, परम्परा आदि क्षेत्रमा सहकार्य हुनेछ । २) माङ्गेना यक, समाधिस्थल, मुन्धुमी स्थलहरू (सांस्कृतिक स्थल, तीर्थस्थल, प्राचीन स्मारकस्थल, कलात्मक वस्तु) ऐतिहासिक एवम् पुरातात्विक स्थलहरू, भूमि, प्राकृतिक स्रोतहरूको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनमा सहकार्य हुनेछ । ३) सम्बाहाङफे उत्थान संघको अध्यक्ष वा प्रतिनिधि किरात याक्थुङ चुम्लुङको विधानको व्यवस्था बमोजिम राष्ट्रिय महाधिवेशन र राष्ट्रिय चुम्लुङमा सहभागिता रहनेछ । ४) किरात याक्थुङ चुम्लुङको अध्यक्ष वा प्रतिनिधि सम्बाहाङफे उत्थान संघको अधिवेशन र साधारणसभामा अतिथिको रुपमा सहभागिता रहनेछ ।