2020-09-07

राष्ट्रिय चुम्लुङ सदस्यमा मकरध्वज वनेम मनोनित

makardhoj wanem oath taking

राष्ट्रिय चुम्लुङ सदस्यमा मकरध्वज वनेम मनोनित

मिति २०७७ फागुन १४ गते ललिपतुरस्थित केन्द्रीय कार्यालयमा भरखरै राष्ट्रिय चुम्लुङ सदस्यमा मनोनित मकरध्वर वनेमलाई अध्यक्ष योगराज लिम्बु वनेमद्वारा सपथ ग्रहण कार्य सम्पन्न भएको छ । वहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ । किरात याक्थुङ चुम्लुङको विधान २०४६ (नवौं संसोधन सहित मिलाइएको) दफा १८ (घ)को व्यवस्था अनुसार केन्द्रीय कार्य समितिद्वारा संस्थाको हितमा कार्यरत व्यक्तिहरु मध्येबाट १० जना राष्ट्रिय चुम्लुङ सदस्यहरु मनोनयन गर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार कियाचु ललितपुरको निवर्तमान अध्यक्ष श्री वनेमलाई मिति २०७६ माघ २९ गते बसेको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय चुम्लुङ सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय चुम्लुङ सदस्यहरूले आफू रहेको जिल्ला र थुम÷क्षेत्र भित्रपर्ने शाखाको बैठकमा भाग लिने, आफू रहेको जिल्ला र थुम÷क्षेत्रका संगठन विस्तार र संस्था सुदृढीकरणमा सहयोग गर्ने, राष्ट्रिय चुम्लुङ, केन्द्रीय कार्य समिति र प्रदेश समितिका निर्णय तथा निर्देशनलाई आफनो क्षेत्रमा कार्यान्वयन गर्ने÷ गराउने र कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने तथा केन्द्रीय कार्यालयमा प्रत्येक ६ महिनामा प्रतिवेदन पेश गर्ने भुमिका निर्वाह गर्नुपर्दछ ।

राष्ट्रिय चुम्लुङ संस्थाको दोश्रो ठूलो र महत्वपूर्ण सांगठानिक अंग हो । राष्ट्रिय चुम्लुङको बैठक कम्तीमा वर्षको १ पटक बस्नेछ । राष्ट्रिय चुम्लुङको अध्यक्षता केन्द्रीय कार्य समितिको अध्यक्षले गर्नेछ । विधान बमोजिम केन्द्रीय कार्य समितिले राष्ट्रिय चुम्लुङको बैठक बोलाउनेछ । राष्ट्रिय चुम्लुङका सदस्यहरूको पदावधि ३ वर्षको हुनेछ । राष्ट्रिय चुम्लुङ बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी एवं सदस्यहरू, जिल्ला स्तरीय अधिवेशनबाट क्षेत्रगत वा थुमगत आधारमा निर्वाचित ३ जना प्रतिनिधिहरु, केन्द्रीय सल्लाहकार समितिका सदस्यहरू, केन्द्रीय कार्य समितिद्वारा मनोनित १० जना सदस्यहरू, प्रदेश कार्य समितिका पदाधिकारीहरु, जिल्ला कार्य समितिका अध्यक्ष र सचिव वा तोकिएको प्रतिनिधि, विषयगत सङ्गठनका अध्यक्ष र महासचिव वा सचिव वा तोकिएको प्रतिनिधि, सम्बन्धन प्राप्त लिम्बुजन्य (थर÷थुमगत समेत) संघसंस्था, विदेशस्थित चुम्लुङको अध्यक्ष वा तोकिएको प्रतिनिधि सहभागी हुनेछन् ।

राष्ट्रिय चुम्लुङ बैठकले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक (लेखापरीक्षण सहितको) प्रतिवेदन अनुमोदन गर्ने, संस्थाको आगामी वर्षको कार्य योजना तथा अनुमानित वार्षिक बजेट अनुमोदन गर्ने, केन्द्रीय कार्य समितिलाई निर्देशन दिने, संस्थाको काम कारवाहीको मूल्यांकन गरी आवश्यक सुझाव दिने काम गर्दछ । यस अघि राष्ट्रिय चुम्लुङलाई राष्ट्रिय परिषद भनिन्थ्यो ।