2020-09-07

पाँचौं केन्द्रीय कार्य समितिको बैठक सम्पन्न

fifth chumlung central meet

पाँचौं केन्द्रीय कार्य समितिको बैठक सम्पन्न

मिति मिति २०७६।११।१५ गते विर्तामोडबजार, झापा जिल्ला, लिम्बुवानमा किरात याक्थुङ चुम्लुङको २३ औं राष्ट्रिय चुम्लुङ बैठक अघि केन्द्रीय कार्य समितिको पाँचौं बैठक केन्द्रीय अध्यक्ष योगराज लिम्बु वनेमको अध्यक्षतामा बसी सफलतापुर्वक सम्पन्न भएको छ । उक्त बैठकमा कियाचुको केन्द्रीय सल्लाहकारहरु पूर्व अध्यक्ष अर्जुन लिम्बु, दुर्गामाया लिम्बू, चन्द्रमाया माबो, अक्कल बहादुर मेन्याङबो, नर प्रसाद लम्फङवा, गजेन्द्र इस्बो, जित बहादुर लावती, केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रदेश पदाधिकारी तथा सदस्यहरु, जिल्ला पदाधिकारी तथा सदस्यहरु, विषयगत संगठनका पदाधिकारी तथा सदस्यहरु र पर्यवेक्षकहरको उपस्थिति रहेको थियो ।

केन्द्रीय कार्य समितिको पाँचौं बैठकमा केन्द्रीय सदस्यहरु क्रमशः कमिता तुम्बापो पान्थर, विष्णु कुमारी लिम्बु इलाम, पुर्ण हाङश्रोङ झापा, संगीता सुब्बा सुनसरी, सरस्वती मादेन धनकुटा, बसन्त खापुङ तेह्रथुम, भवानी विक्रम सम्बाहाङफे भक्तपुर, गोविन्द आङबुङ ललितपुर, नारायण कुमार यक्सो मोरङ, कल्पना योङहाङ काठमाडौंबाट तत् तत् जिल्लाहरुको लिखित मौखिक प्रतिवेदन प्रस्तुत भयो । महासचिव निरन्ती तुम्बापोबाट संस्थाको सांगठानिक तथा कार्य प्रगति प्रतिवेदन प्रस्तुत भई बैठकमा आएका सुझावहरुसहित राष्ट्रिय चुम्लुङमा प्रस्तुतिको लागि अनुमोदन भयो । कोषाध्यक्ष डम्बर कुमार तेम्बेबाट संस्थाको आर्थिक प्रतिवेदन सुझावहरुसहित राष्ट्रिय चुम्लुङमा प्रस्तुतिको लागि अनुमोदन भयो ।

संस्थाको विधान बमोजिम केन्द्रीय सचिवालयले ४ (चार) रिक्त स्थानहरुमा कियाचु ललितपुरको निवर्तमान अध्यक्ष– मकरध्वोज वनेम ललितपुर, लिम्बु गीत संगीतकार– खगेन्द्र यक्सो ताप्लेजुङ, कियाचु सुनसरी पूर्व जिल्ला उपाध्यक्ष– जीवन प्रकाश शेर्मा सुनसरी, कियाचु सिंगापुर निवर्तमान अध्यक्ष– ई. श्याम जबेगू सुनसरीलाई राष्ट्रिय चुम्लुङ सदस्यहरुको मनोनयन गरेको निर्णयलाई अनुमोदन गरियो । त्यसैगरी मिति २०७६ पुस ११ गतेको केन्द्रीय सचिवालयको ३३ औं बैठकले कियाचु केन्द्रीय कार्य समितिको रिक्त स्थानमा हाल भक्तपुर निवासी लिम्बु भाषा साहित्यकार प्राज्ञ उप प्राध्यापक अमरजंग लिम्बु (अमर तुम्याहाङ) लाई मनोनित गरिएको बारे बैठकलाई जानकारी भयो ।