2020-09-08

युके चुम्लुङबाट आत्मनिर्भर अक्षय कोषमा रकम हस्तान्तरण

chumlung uk amount handed over

युके चुम्लुङबाट आत्मनिर्भर अक्षय कोषमा रकम हस्तान्तरण मिति २०७६ फागुन १६ गते लिम्बुवान, झापा जिल्ला, विर्तामोड बजार, अतिथिसदनको सभाहलमा सम्पन्न किरात याक्थुङ चुम्लुङको २३ औं राष्ट्रिय चुम्लुङको उद्घाटन समारोहमा किरात याक्थुङ चुम्लुङ नेपालको केन्द्रीय आत्मनिर्भर अक्षय कोष संकलन अभियान अन्तर्गत किरात याक्थुङ चुम्लुङ युकेले संस्थागत पहल गरी संकलित रकम १० लाख ५५ हजार ३४० रुपीयाँ हस्तान्तरण भएको छ । उक्त समारोहमा प्रमुख अतिथि भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय बसन्त कुमार नेम्बाङको उपस्थितिमा युके चुम्लुङका अध्यक्ष तिलविक्रम सम्बाहाङफे स्वयम् उपस्थित भई नेपाल चुम्लुङका अध्यक्ष योगराज लिम्बु वनेमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो । समारोह पछि संकलित भएको रकम थप गरी अन्ततः चुम्लुङ युकेबाट जम्मा १० लाख ६० हजार ४८५ रुपीयाँ हस्तान्तरण भएको छ ।

किरात याक्थुङ चुम्लुङ केन्द्र आत्मनिर्भर अक्षय कोष संकलन अभियानको व्यवस्था अनुसार रु ५ लाख वा सोभन्दा बढी संकलन गर्नुभएकोमा कियाचु युकेलाई चुम्लुङ “गौरवशाली” सहयोगदाता सम्मान पत्र र रु १ लाख वा सोभन्दा बढी प्रदान गर्नुभएकोमा चुम्लुङ युके वर्तमान तिलविक्रम सम्बाहाङफे, श्रीमती नरकुमारी सेन्दाङ वनेम, श्रीमती कमला सेन्दाङ लिम्बु, पुर्ण कुमार फालेछुवा, जेबी कन्दङवालाई चुम्लुङ “उत्कृष्ट” सहयोगदाता सम्मान पत्रहरु, प्रमाण पत्रहरु वितरण भयो ।