2020-09-08

तान्छोप्पा पत्रिकाको बजार व्यवस्थापकको सम्मान

tanchhoppa best market

तान्छोप्पा पत्रिकाको बजार व्यवस्थापकको सम्मान

मिति २०७६ फागुन १६ गते लिम्बुवान, झापा जिल्ला, विर्तामोड बजार, अतिथिसदनको सभाहलमा सम्पन्न किरात याक्थुङ चुम्लुङको २३ औं राष्ट्रिय चुम्लुङको उद्घाटन समारोहमा लिम्बु तथा नेपाली भाषामा प्रकााशित तान्छोप्पा पत्रिकाको झापा बजार व्यवस्थापक गुमानसिं सम्बाहाङफेलाई पनि उत्कृष्ट बजार व्यवस्थापकको रुपमा सम्मान गरिएको छ । समारोहमा प्रमुख अतिथि भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय बसन्त कुमार नेम्बाङले श्री सम्बाहाङफेलाई पागा, माला र सम्मान पत्र वितरण गर्नुभएको थियो ।

तान्छोप्पा पत्रिका विगत २५ वर्षदेखि किरात याक्थुङ चुम्लुङद्वारा निरन्तर प्रकाशन हुँदै आएको छ । उक्त पत्रिका काठमाडौ उपत्यकामा सम्पादन र प्रकाशन हुने गर्दछ भने पुर्व लिम्बुवान क्षेत्रका सबै जिल्लाहरु र विदेशमा वितरण हुँदै आएको छ । तान्छोप्पा पत्रिकालाई व्यापक बनाउनको लागि बजार व्यवस्थापनको महत्वपूर्ण हुने भएकोले तान्छोप्पा व्यवस्थापन बोर्डको निर्णय अनुसार बजार व्यवस्थापकहरुलाई प्रोत्साहित गर्नको लागि यो सम्मान पत्र वितरण गरिएको हो ।