2020-09-08

जर्मन चुम्लुङबाट आत्मनिर्भर अक्षयकोषमा रकम हस्तान्तरण

germany chumlung amount hand over

जर्मन चुम्लुङबाट आत्मनिर्भर अक्षयकोषमा रकम हस्तान्तरण

मिति २०७६ फागुन २७ गते केन्द्रीय कार्यालय ललितपुरमा किरात याक्थुङ चुम्लुङ जर्मनीका सल्लाहकार शेर बहादुर तुम्बापोसँग केन्द्रीय कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उक्त भेटघाटमा किरात याक्थुङ चुम्लुङ जर्मनी समितिबाट संस्थागतरुपमा पठाइएको कियाचु केन्द्र आत्मनिर्भर अक्षय कोषलाई ५० हजार रुपीयाँ हस्तान्तरण गर्नुभएको छ ।

संस्थागत विकासका अन्य महत्वपूर्ण गतिविधिहरु संचालन गर्न । नेतृत्व, शीप, दक्षता विकासलाई समयानुकुल प्रबद्र्धन गर्दै आर्थिक, सामाजिक तथा साँस्कृतिक अभियानहरु, हक अधिकार सम्बन्धी जनचेतनामूलक क्रियाकलापहरु निरन्तररुपमा संचालन गर्न । त्यसैगरी मानव संसाधनको विकास र परिचालन गर्दै राज्यको नीतिहरुमा प्रभाव पार्ने नीतिगत प्रशिक्षण, अधिकारमुखी प्रशिक्षण, जनपैरवी, लबीङको गर्न । साथै समसामयिक सवालहरुमा बृहत बहसकासाथै परामर्श बैठकहरु, मुद्दाहरुको अध्ययन र अनुसन्धान लगायत दस्तावेजिकरण गर्ने जस्ता सृजनात्मक गतिविधिहरु नियमितरुपमा गर्न । एकातिर यी उल्लेखित गतिविधिहरु संस्थामा आवद्ध सदस्यहरु, अभियन्ता, विज्ञ, शुभचिन्तक, युवा र विद्यार्थीहरुलाई परिचालन गरी वर्तमान नेपालको नयाँ राज्य संरचना अनुरुप प्रदेश हुदै नगरपालिका र गाउँपालिका तहसम्मै पुग्ने पुरयाउने अपेक्षा राखिएको छ भने अर्कातिर यस अपेक्षालाई मुर्तरुप दिनका लागि दिगो आर्थिक श्रोतको जोहो गर्न कियाचु ३० औं वर्ष पुगेको सन्दर्भमा संस्थालाई एक दीगो, सक्षम र स्वावलम्वी संस्थाको रुपमा स्थापित गराउन दशौ महाधिवेशनको म्यानडेट र ‘तीन बर्षे नीति तथा कार्यक्रम (२०७४–२०७७)’ अनुसार यो आत्मनिर्भर अक्षय कोष स्थापनार्थ विशेष अर्थ संकलन अभियान अगाडी सारिएको छ । यो चरणको अभियानबाट एक करोड रुपीयाँको अक्षय कोष खडा गर्ने लक्ष्य राखिएको छ । यो अक्षय कोषबाट प्राप्त ब्याज आम्दानीबाट माथि उल्लेखित रचनात्मक एवम् अभियानमुलक गतिविधिहरु सञ्चालन गरिनेछ ।