2020-09-08

चुम्लुङ युके र चुम्लुङ नेपालबीच सम्बन्धन पत्रमा हस्ताक्षर

uk chumlung affiliation

चुम्लुङ युके र चुम्लुङ नेपालबीच सम्बन्धन पत्रमा हस्ताक्षर

मिति २०७६ फागुन २९ गते केन्द्रीय कार्यालय ललितपुरमा किरात याक्थुङ चुम्लुङ नेपाल र किरात याक्थुङ चुम्लुङ युके बीच सम्बन्धन दिने लिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त हस्ताक्षर पत्रमा कियाचु नेपालको तर्फबाट अध्यक्ष योगराज लिम्बु वनेम, महासचिव निरन्ती तुम्बापो र कियाचु युकेको तर्फबाट अध्यक्ष तिलविक्रम सम्बाहाङफे, महासचिव गणेश इजमले हस्ताक्षर गर्नुभएको छ । किरात याक्थुङ चुम्लुङ नेपाल र किरात याक्थुङ चुम्लुङ युके आआफनो मुलुकको कानून बमोजिम स्थापित दुई स्वतन्त्र संस्थाहरु हुन् । किरात याक्थुङ चुम्लुङ नेपालको केन्द्रीय कार्यालय, ललितपुर चुम्लुङ हिममा बसी यी दुई संस्थाहरुबीच सहकार्य र समन्वय गर्न यो सम्बन्धन दिने लिने सम्बन्धी संझौता पत्र (Memorandum of understanding) लेखी सहिछाप गरी एकएक प्रति लिनेदिने काम सम्पन्न भएको छ ।

उक्त सम्बन्धन सम्झौता पत्रमा हस्ताक्षर गर्दै कियाचु नेपाल र कियाचु युके बीच लिम्बु भाषा, लिपि, साहित्य, इतिहास, परम्परा, संस्कार, संस्कृतिको विकास, संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने कार्यहरुमा सहकार्य हुनेछ । लिम्बुको विकास, अधिकार र अवसरको निम्ति राष्ट्रिय÷अन्तरराष्ट्रिय रुपमा कार्यक्रमहरु गर्न सहकार्य हुनेछ । लिम्बुको हितका कामहरु गर्नुपर्दा एक आपसले नेपालको सन्दर्भमा किरात याक्थुङ चुम्लुङ नेपाल मार्फत र युकेको सन्दर्भमा किरात याक्थुङ चुम्लुङ युके मार्फत गर्ने गरी सहकार्य हुनेछ । किरात याक्थुङ चुम्लुङ नेपाल र किरात याक्थुङ चुम्लुङ युके बीच संस्थागतरुपमा एक आपसमा सहयोग आदान प्रदान हुनेछ । किरात याक्थुङ चुम्लुङ युकेको अध्यक्ष वा प्रतिनिधि, किरात याक्थुङ चुम्लुङ नेपालको विधान बमोजिम राष्ट्रिय महाधिवेशन, राष्ट्रिय चुम्लुङ तथा अन्य विशेष कार्यक्रमहरुमा प्रतिनिधिको रुपमा सहभागी हुनेछ । उक्त अवसरमा सहभागी प्रतिनिधिबाट किरात याक्थुङ चुम्लुङ युकेको प्रतिवेदन प्रस्तुत हुनेछ र प्रतिनिधि सहभागिता नरहेको अवस्थामा प्राप्त प्रतिवेदन प्रस्तुत हुनेछ । किरात याक्थुङ चुम्लुङ नेपालको अध्यक्ष वा प्रतिनिधि, किरात याक्थुङ चुम्लुङ युकेको महाधिवेशन तथा अन्य महत्वपूर्ण विशेष कार्यक्रमहरुमा अतिथिको रुपमा सहभागी हुनेछ । लिम्बुसँग सम्बन्धित विविध मुद्दाहरुमा साझा धारणा बनाउन किरात याक्थुङ चुम्लुङ नेपाल र किरात याक्थुङ चुम्लुङ युके बीच छलफल, सुझाव आदान प्रदान हुनेछ ।