२३ औं राष्ट्रिय चुम्लुङ सम्पन्न र पारित प्रस्तावहरु
२३ औं राष्ट्रिय चुम्लुङ सम्पन्न र पारित प्रस्तावहरु
मिति २०७६ फागुन १६ र १७ गते विर्तामोडबजार, झापा जिल्ला, लिम्बुवानमा किरात याक्थुङ चुम्लुङको २३ औं राष्ट्रिय चुम्लुङ बैठक र सो अघि मिति २०७६ फागुन १५ गते केन्द्रीय कार्य समितिको पाँचौं बैठक केन्द्रीय अध्यक्ष योगराज लिम्बु वनेमको अध्यक्षतामा बसी सफलतापुर्वक सम्पन्न भएको छ । उक्त बैठकमा कियाचुको केन्द्रीय सल्लाहकारहरु पूर्व अध्यक्ष अर्जुन लिम्बु, दुर्गामाया लिम्बू, चन्द्रमाया माबो, अक्कल बहादुर मेन्याङबो, नर प्रसाद लम्फङवा, गजेन्द्र इस्बो, जित बहादुर लावती, केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रदेश पदाधिकारी तथा सदस्यहरु, जिल्ला पदाधिकारी तथा सदस्यहरु, विषयगत संगठनका पदाधिकारी तथा सदस्यहरु र पर्यवेक्षकहरको उपस्थिति रहेको थियो ।
यस २३ औं राष्ट्रिय चुम्लुङमा जिल्लागत प्रतिवेदनहरु क्रमशः अध्यक्ष नरेन्द्रराज केरुङ पान्थर, अध्यक्ष गायत्री थेगीम इलाम, अध्यक्ष भक्त खेवाङ झापा, सचिव योवाहाङ तुम्बाहाङफे मोरङ, सचिव ताजुव लिम्बु सुनसरी, अध्यक्ष कमलसिं तिगेला धनकुटा, सचिव तेजमान कन्दङवा तेह्रथुम, प्रतिनिधि भविन्द्र कन्दङवा चितवन, सहसचिव कविता ओख्राबु ललितपुर, सचिव टेक बहादुर काम्बाङ काठमाण्डौं, सहसचिव कर्ण पालुङवा भक्तपुर र अध्यक्ष अनिल लिम्बु संखुवासभाबाट तत् जिल्ला समितिका प्रगति प्रतिवेदनहरु प्रस्तुत भयो । त्यसैगरी कियाचु लिम्बुवान प्रदेश समितिको तर्फबाट सदस्य लक्ष्मण लावती र नेवा–ताम्सालिङ प्रदेश समितिका सदस्य उत्सव सम्बाहाङफेबाट तत् समितिका प्रगति प्रतिवेदनहरु प्रस्तुत भयो । संस्था अन्तर्गतका विषयगत संगठनहरु लिम्बु सांस्कृतिक परिषद अध्यक्ष गोविन्द आङबुङ, लिम्बुवान अध्ययन केन्द्र अध्यक्ष अर्जुन लिम्बु, याक्थुङ सहयोग कोष सचिव कुमार जबेगु, कियाचु पुनर्जीवन केन्द्र सचिव ताजुव लिम्बु, लिम्बु भाषा साहित्य प्रतिष्ठान सदस्य पुष्पहाङ लोवाबाट तत् विषगत संगठनको प्रगति प्रतिवेदनहरु प्रस्तुत भयो । विदेश स्थित किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष तिलविक्रम सम्बाहाम्फे, कियाचु कुबेतका महासचिव अशोक लिम्बुले आआफनो अनुभवहरु प्रस्तुत गर्नुभयो । साथै कियाचु अमेरिका, कतार, युएईका प्रतिनिधिहरु सहभागी हुने जानकारी प्राप्त भए पनि अन्तिम समयमा सहभागीता हुन सकेन ।
उक्त चुम्लुङ बैठकमा महासचिव निरन्ती तुम्बापोद्वारा संस्थाको संगठन तथा प्रगति प्रतिवेदन, कोषाध्यक्ष डम्बर तेम्बेद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत एवम् पारित भयो । कियाचुको विधान बमोजिम ऐतिहासिक शुरुवातीको रुपमा उक्त बैठकमा सम्बन्धन लिने लिम्बुजन्य संस्थाहरु र लिम्बु थरगत संस्थाहरुको पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्यसैगरी राष्ट्रिय जनगणना २०७८ को तयारी बारे महासचिव निरन्ती तुम्बापोबाट विगतको क्रियाकलापहरु तथा अनुभवहरु प्रस्तुत भयो । त्यसैगरी कियाचुले गरेका अभियानहरुको प्रभाव समिक्षा सम्बन्धमा महिला विद्यार्थी र युवाको भूमिका विषयक छलफलपत्र केन्द्रीय सदस्य बसन्त खापुङ, लिम्बु मातृभाषामा शिक्षा सरकारी कामकाजी प्रयोग विषयक छलफल पत्र केन्द्रीय सदस्य प्राज्ञ उपप्राध्यापक अमर तुम्याहाङ, संगठन विषयक केन्द्रीय सचिव योगेन्द्र पालुङवा, ऐतिहासिकतामा कियाचु विषयक छलफल पत्र केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेला, आदिवासी लिम्बु समुदायको पहिचान अधिकार विषयक छलफल पत्र केन्द्रीय उपाध्यक्ष अधिवक्ता याम योङहाङ, धार्मिक तथा सांस्कृतिक विषयक छलफल पत्र केन्द्रीय उपाध्यक्ष उप प्राध्यापक प्रेम येक्तेनबाट प्रस्तुत भयो ।
माथि उल्लेखित छलफलहरु र आम प्रतिनिधिहरुको सहभागितामा ब्यापक छलफल गरी यो राष्ट्रिय चुम्लुङले पारित गरेका समसामयिक प्रस्तावहरु यस प्रकार छन् ।
आगामी राष्ट्रिय जनगणना २०७८ मा जात÷जातीको महलमा लिम्बू, भाषाको महलमा लिम्बू, थरको महलमा आ–आफ्नो थर, धर्मको महलमा किरात लेख्न लेखाउन यो राष्ट्रिय चुम्लुङ सम्पूर्ण लिम्बूहरुलाई हार्दिक अनुरोध गर्दछ । यस जनगणनामा तथ्याङ्घ संकलनको लागि फाराम निर्माण गर्दा भाषा, लिपि, धर्म, जाति आदिको वास्तविक तथ्याङ्क आउने गरी तयार होस भनी सम्बन्धित निकायलाई राष्ट्रिय चुम्लुङ ध्यानाकर्षण गराउँछ ।
अरुण कोसीपूर्वको ९ जिल्लामा संविधान संशोधन गरेर नेपालको आठौं प्रदेश लिम्बुवान स्थापना गर्नमा अडान यथावत राख्दै तत्कालका लागि प्रदेश नं.१ को नाम “किरात लिम्बुवान” राख्न यो राष्ट्रिय चुम्लुङ माग गर्दछ ।
पहिचानमा आधारित प्रदेशहरुको निर्माण गर्न संविधान सभाको विषयगत समिति र राज्य पुर्नसंरचना उच्च स्तरीय आयोगबाट सिफारिस भए बमोजिमका प्रदेशहरु सुनिश्चित हुन पर्नेमा सोको मर्म विपरित ७प्रदेशको घोषणा भयो र प्रदेशहरुको नामाकरण गर्ने सन्दर्भमा उत्पीडनकारी, औपनिवेशिक एवम् सामन्ती केन्द्रिकृत एकात्मकवादी चिन्तनका धङधङी झल्कने गरी पञ्चायती शैलीमा जवरजस्ती ढंगले गण्डकी, बागमती लगायतका नामहरु राखिएको प्रति यो बैठक खेद व्यक्त गर्दछ । प्रदेश नं. १ को भौगोलिक अवस्था सामाजिक सांस्कृतिक ऐतिहासिक एवम् पहिचानको आधारमा लिम्बुवान, किरात स्वायत्त प्रदेश प्राप्तीका लागि उठेका राजनीतिक आन्दोलनहरु विगतमा नेपाल सरकारसंग पटक पटक भएका सहमतीहरु र सातसालको क्रान्ति, जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन, लिम्बुवान आन्दोलन, किरात आन्दोलनहरुले स्थापित गरेका मुद्धाहरुलाई मध्यनजर गर्दै अहिलेलाई संयुक्त पहिचानको आधारमा “लिम्बुवान, किरात” नाम राख्नु पर्दछ भन्ने लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको धारणा र आन्दोलन प्रति एक्यवद्धता जाहेर गर्दछौं ।
लिम्बुवानको धरानमा वि.सं. २०७६ फागुन १० गते सम्पन्न भेलाबाट पारित “आदिवासी लिम्बू थरगतहरुको भूमिका शसक्त, सुदृढ र उपयोगी बनाउनुपर्ने आवश्यकता र औचित्य सम्बन्धी अवधारणा पत्र २०७६” प्रति एक्यवद्धता जनाउँदै सो अवधारणा अनुसार बनेको चुम्लुङ सहितको सहजीकरण समुह र मूल अभियान समूहमा सक्रिय सहभागी भई आगमी दिनहरुमा ऐतिहासिक स्थल, धार्मिक तथा सांस्कृतिक स्थल, समाधीस्थलहरु, मुन्धुम वर्णित स्थलहरुकोे संरक्षण, संम्बद्र्धन, जल, जमिन, जंगल, जडिबुटी लगायतका प्राकृतिक स्रोत साधन माथिको अधिकार प्राप्तीका लागि सबैसंग मिलेर कार्य गर्न यो राष्ट्रिय चुम्लुङ प्रतिवद्धता व्यक्त गर्दछ ।
ताप्लेजोङको फक्ताङलुङ गाउँपालिकामा पर्यटकीय क्षेत्र विकास गर्ने नाममा सिमसार क्षेत्र घोषणा गर्न लागिएको सूचना प्राप्त भएकाले आदिवासी लिम्बूहरुको भूमिमा विकासको नाममा विनास गर्ने र प्राकृतिक अवस्था र स्थानीय पहिचानलाई परिवर्तन गर्ने भएकोले कुनै बहानामा आदिवासी लिम्बूको भूमिलाई अतिक्रमण नगर्न यो राष्ट्रिय चुम्लुङ सचेत गराउँदछ ।
ताप्लेजोङको मुकुमलुङ (पाथिभरा) क्षेत्रमा यति कम्पनीलाई सरकारले जग्गा दिएको सूचना प्राप्त भएकाले आदिवासी लिम्बूहरुको भूमिमा अनुमति विना यस्ता कार्य नगर्न नगराउन यो राष्ट्रिय चुम्लुङ सरकारसँग जोडदार माग गर्दछ ।
लिम्बूहरुको मुन्धुममा बर्णीत साँस्कृतिक स्थल लिम्बुवानको ताप्लेजुङ जिल्लाको सिदिङ्बा गाउँपालिका र पान्थर याङ्वरक गाउँपालिक सिमानामा अवस्थीत तिम्बुङ वरक (तिम्बुङ पोखरी) को प्राकृतिक बनोटको मौलिकतामा आँच आउने गरी राज्य निकायको संलग्नतामा भौतिक संरचना आदिवासी लिम्बूहरुको पूर्व सुसुचीत अनुमति विना भएको निर्माण कार्य गलत भएको सो भौतिक संरचना अन्यत्र सार्नको लागि कियाचुले यस अघि पटक पटक सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराईसकेतापनि हालसम्म यस कार्यमा सम्बन्धीत निकायको ध्यान आकृष्ट नभएको र कुनै कार्य प्रगति नभएको हुनाले अविलम्ब सो भौतिक संरचना हटाउन सम्बन्धीत निकायमा पुनः जोडदार माग गर्दछौं ।
लिम्बुवानका नदी एवम् खोलानालामा विद्युत निकाल्ने नाउँमा आदिवासी लिम्बूहरुको तिते माछा लगायतका जलचरहरु संकटमा पर्दै गएको साथै माछा मारेर जीवन यापनमा निरन्तरता दिने अधिकारबाट बन्चित हुन परेकाले सो कुरामा आँच नआउने गरी मात्र कार्य होस भनी राष्ट्रिय चुम्लुङ माग गर्दछ ।
आदिवासी लिम्बूहरुको सिकार खेल्ने जंगल, चरी चरान, खर्कहरु, चिहान आदीहरुलाई सामुदायिक वन, राष्ट्रिय वन, कवुलयती वन लगायतका वनहरुले अतिक्रमण गर्दै लगेकाले यी कार्य अबिलम्ब रोक्दै आदिवासी लिम्बूहरुको अधिकार आई.एल.ओ.अभिसन्धी १६९ र आदिवासीहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र अनुरुप कायम गर्न यो राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछ ।
पहिचान र अधिकारको मुद्धालाई सही रुपमा सम्बोधन नगरेसम्म दिगो शान्ति र स्थायित्व कायम हुन सक्दैन भन्ने आइ.एल.ओ. र युएनड्रिपको सार तत्वलाई मनन गर्दै सो अनुरुप पहिचान र अधिकारको मुद्धालाई सम्बोधन गर्न गराउन सवै राजनैतिक दल, सरकार, नागरिक समाजमा हार्दिक अपिल गर्दछौं ।
लिम्बू भाषामा सरकारी वोर्ड, सरकारी कामकाजी भाषा, विद्यालयहरुमा मातृभााषामा शिक्षाका लागि शिक्षक दरवन्दी प्रदान गर्ने कुरामा संघीय, प्रदेश र स्थानीय सरकारले अझै आनाकानी गरिरहेकोले अविलम्ब उक्त व्यवस्था गर्न यो राष्ट्रिय चुम्लुङ पुनः माग गर्दछ ।
लिम्बु मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउन अधिकतम आधारहरु खुलाई भाषा आयोगलाई संघीय कार्यालयमा र आयोगद्धारा आयोजित प्रदेश स्तरीय गोष्ठीमा ज्ञापनपत्रहरु बुझाइएको थियो । मातृभाषालाई सरकारी कामकाजका लागि संविधान, ऐन, कानुनमा व्यवस्था अनुसार छिटफुट मात्रामा काम भए पनि सङ्घीय सरकार, प्रदेश सरकारले यसबारे कुनै पहल लिएको देखिएको छैन । भाषा आयोगले सरकारलाई दिएका सुझावहरु पनि खस नेपाली भाषालाई कार्यान्वयन गर्ने विषयमा बाहेक मातृभाषा कार्यान्वयनका बारेमा अपेक्षित स्पष्ट सुझावहरु दिएको देखिँदैन । तसर्थ यस पक्षमा स्पष्ट र तदारुकता साथ काम गर्न भाषा आयोग लगायत संघीय, प्रदेश, स्थानीय सरकारहरुलाई जोडदार माग गर्दछौं ।
नेपालको राष्ट्र भाषाहरुलाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोगका लागि संविधानमा भएका व्यवस्था कार्यान्वयन हुन सकेको देखिँदैन । राष्ट्र भाषाहरुलाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा भएका व्यवस्था कार्यान्वयनका लागि सम्पूर्ण भाषिक समुदाय निरन्तर लाग्न सबैमा अपिल गर्दछौं ।
आदिवासी जनजातिको प्रद्धत्त अधिकार, भाषिक आन्दोलनको माग बमोजिम लिम्बू भाषामा पठनपाठन कार्यान्वयन गर्न सरकारसंग जोडदार माग गर्दछ ।
लिम्बुवान क्षेत्रको मध्यपहाडी लोकमार्गलाई काङ्सोरे लोकमार्ग नामाकरण गर्न गराउन यो राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछ ।
झापा पाडाजुँगीस्थीत निर्माणाधिन आदिवासी रंगशालालाई विभिन्न अर्कै नाममा निर्माण गर्ने्, योजना बनाउने, राष्ट्रिय कार्यक्रमहरु गर्ने कार्य अविलम्ब रोकी आदिवासी रंगशालाकै नाममा कार्य गर्न गराउन यो राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछौं ।
“जहाँ ऐतिहासिक स्थल त्यहाँ बहस र छलफल” भन्ने नाराका साथ ऐतिहासिक स्थलहरुको संरक्षण गर्ने अभियान चलाउन यो राष्ट्रिय चुम्लुङ प्रतिवद्धता व्यक्त गर्दछ ।
आदिवासी लिम्बूहरुको मौखिक इतिहासको संकलन, इतिहास लेखन, सामाजिक बनावटको अध्ययन, इतिहासका कतिपय विवादित विषयहरुमा बहस र खोज अनुसन्धान गर्न सवै इतिहासकार एवम् अध्येताहरुमा यो राष्ट्रिय चुम्लुुङ अपिल गर्दछ ।
लिम्बू समाजको विकास र सम्बृद्धिको लागि किरात याक्थुङ चुम्लुङ लगायत वर्तमानमा आएर थुप्रै लिम्बूजन्य संगठनहरु कृयाशिल भइरहेको सर्वविदितै छ । अन्ततः समग्रमा लिम्बु समाजकै हित र उन्नतिका लागि काम गर्नु पर्ने मूल मर्मलाई आत्मसात गर्दै लिम्बू समाजमा कृयाशिल किरात याक्थुङ चुम्लुङ लगायत सवै लिम्बूजन्य संगठनहरु एक आपसमा सहकार्य र समन्वयमा अघि वढ्न यो बैठक सबैमा हार्दिक अपिल गर्दछ ।
यूवा, महिला, विद्यार्थीहरुको सामाजिक, सांस्कृतिक चेतलाई राजनैतिक सांगठानिक चेतनामा बदल्दै नेतृत्व विकासका लागि प्रोत्साहन गर्न यो राष्ट्रिय चुम्लुङ अपिल गर्दछ ।
महिला, यूवा र विद्यार्थीहरुमा परम्परागत ज्ञान सिप हस्तान्तरण गर्ने कार्यक्रमहरु संचालन गर्न गराउन सरकार, संघसंस्था, उद्योग लगायतमा यो राष्ट्रिय चुम्लुङ अपिल लगायत प्रतिवद्धता व्यक्त गर्दछ ।
फेदाङमा साम्बा येमा÷बा निस्कन चाहाने यूवा लगायतलाई प्रोत्साहन गर्ने, वातावरण सिर्जना गरिदिने र स्रोत साधनहरुको व्यवस्थापन गरिदिन यो राष्ट्रिय चुम्लुङ सवैमा हार्दिक अपिल गर्दछ ।
किरात धार्मिक मर्म अनुसार व्यावहारिक अभ्यासमा निरन्तरता र व्यापकता दिन फेदाङमा, साम्बा, येमा÷बालाई संगठित गर्दै क्रियासिलतामा जोड दिंदै अन्य धर्मबाट हुने अतिक्रमण रोक्न सवैमा अपिल गर्दछौं ।
लिम्बू मौलिक र परम्परागत धार्मिक, सांस्कृतिक र सामाजिक अभ्यासहरुलाई निर्धक्क अभ्यास गर्न र लिम्बू समाज भित्रका आन्तरिक कलहहरुलाई प्रचारात्मक शैलीमा छताछुल्ल नगरी आन्तरिक छलफल बहसलाई निकासमा पु¥याउन सवैपक्षलाई अनुरोध गर्दै बाह्य धार्मिक, साँस्कृतिक र सामाजिक अतिक्रमण रोक्दै अगाडि बढ्न सवैमा यो राष्ट्रिय चुम्लुङ आव्हान गर्दछ ।
विश्वव्यापिकरण र आधुनिकताको नकारात्मक प्रभावको कारण प्रतिस्पर्धी जीवन व्यावस्थापनमा अगाडि बढ्ने क्रममा आफ्नो समुदायमा परम्परागत क्रममा स्थापित पहिचानका अभिन्न धरोहरहरु हाक्पारे, ख्याली, यालाङको मौलिक अभ्यास संकटमा पर्दै गएको हुनाले यसलाई संरक्षणको लागि आम लिम्बू समुदाय र युवा पुस्ता सचेत हुन अपिल गर्दछौं ।
लिम्बू पोशाक तागा, मेख्लीलाई यसको मौलिक स्वरुपमा व्यापक रुपमा प्रयोग गर्न सबैलाई आव्हान गर्दै पोशाकको विक्री वितरणमा आम सर्वसाधारणलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध हुने गरी बजार व्यवस्थापन गर्न यो राष्ट्रिय चुम्लुङ अपिल गर्दछ ।
किरात याक्थुङ चुम्लुङबाट लिम्बू प्रमाणित गर्न सिफारिस लिंदा लिम्बू पहिचानका तत्वहरु ः लिम्बू भाषा, किरात सिरिजंगा लिपी, लिम्बू र लिम्बुवानको इतिहास, सांस्कृतिक पक्षहरुको आधारभूत जानकारीको आधारमा सिफारिस प्रदान गरिने कार्य थालनी गर्ने यो राष्ट्रिय चुम्लुङ प्रतिवद्धता व्यक्त गर्दछ ।
किरात याक्थुङ चुम्लुङको सांगठानिक जीवनलाई सशक्त बनाउन, चुस्त दुरुस्त राख्न सवै वडातहसम्म पु¥याउन किरात याक्थुङ चुम्लुङको सम्बन्धित समितिहरु, पदाधिकारी तथा सदस्यहरु, राष्ट्रिय चुम्लुङ सदस्यहरु, विशिष्ट, संरक्षक, आजिवन, साधारण सदस्यहरु एवम् शुभचिन्तकहरुमा हार्दिक आव्हन गर्दछौं ।
लुङमेन्दिङ धन्यवाद– किरात याक्थुङ चुम्लुङ व्यवस्थापक जिल्ला कार्य समिति झापा, कियाचु विर्तामोड नगर समिति, कियाचु दमक नगर समिति, कियाचु शिवसताक्षी नगर समिति, कियाचु गौरादह नगर कार्य समिति, कियाचु मेची नगर समिति, कियाचु कन्काइ नगर समिति, कियाचु भद्रपुर नगर समिति, कियाचु विर्तामोड ४ नं वडा समिति, कियाचु बाह्रदशी गाउँ पालिका समिति, लिम्बू सांस्कृतिक परिषद जिल्ला समिति झापा, स्वयम्सेवकहरु, कलाकारहरु, सौजन्यदाताहरु, अतिथी सदन, होटल व्यवसायी एवम् सवै सहयोगीहरुमा यो राष्ट्रिय चुम्लुङ धन्यवाद प्रस्ताव पारित गर्दछ ।