2020-09-09

मिति २०७६।१२।०२ गते पूर्ण कुमार शेमा शोक विज्ञप्ति

मिति २०७६।१२।०२ गते पूर्ण कुमार शेमा शोक विज्ञप्ति

अग्रज राजनीतिक व्यक्तित्व, पूर्व स्थानीय विकास मन्त्री पूर्ण कुमार शेर्माको ७६ वर्षको उमेरमा असामयिक निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै संस्थाको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

पान्थर जिल्ला, मिक्लाजुङ गाउँपालिका वडा नं. २ (साविक सराङडाँडा – ७) निवासी नेता शेर्मा लामो समयसम्म मृगौला रोगको उपचाररत मिति २०७६।११।२८ गते उपचारको क्रममा निधन भएको हो । संविधानसभा कालमा लिम्बु नेताहरु, लिम्बुवानजन्य राजनीतिक दलहरु र लिम्बुजन्य संस्था संगठनहरुबाट बनेको संयुक्त लिम्बुवान मोर्चा, नेपालको घटक संगठनहरुमा नेपाली कांग्रेस सम्बद्ध लिम्बुहरुको तर्फबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहदाँको अवस्थामा नेता शेर्माले हस्ताक्षर गर्दै उक्त मोर्चाको निर्माण, प्रतिनिधि मण्डलमा नेतृत्व सहभागी, बहस छलफल, तथा विभिन्न अभियानमुलक गतिविधिहरुमा नेतृत्व गर्नुभएको थियो । लिम्बु भाषा साहित्य, हक अधिकारमा सदैव साथ समर्थन जनाउनुभयो । साथै वहाँ एक विकासप्रेमी र विकास अभियन्ता समेत हुनुहुन्थ्यो ।