2020-09-09

आदिवासी जनजाति महासंघको विधान संशोधनको सुझाव

nefin bidhan chalfal

आदिवासी जनजाति महासंघको विधान संशोधनको सुझाव

आज मिति २०७६ साल चैत्र ५ गते नेपाल आदिवासी जनजाति महासंघको विधान संशोधनको सुझाव तथा छलफल सम्पन्न भयो । महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता नवीन रोक्का मगर, उपाध्यक्ष किरण सुनुवार लगायतको उपस्तिथिमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालयमा सप्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङको तर्फबाट अध्यक्ष वनेम, महासचिव तुम्बापो, भूपू महासचिव तथा सचिवालय सदस्य गोविन्द आङबुङ, केन्द्रीय सदस्य बसन्तसिं खापुङ सहभागी हुनुभएको थियो । नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनको तयारी स्वरुप उक्त विधानको बहस छलफल गरिएको हो । उक्त बहसमा कियाचुको तर्फबाट प्रभावकारी नेतृत्वको छनौट, बहुसंख्यक÷अल्पसंख्यक आदिवासी जनजातिहरुको समुचित प्रतिनिधित्व, मतदान भार र प्रक्रिया, सर्वसम्मतिमा नेतृत्व चयन गर्ने विधि, राजनीतिक हस्तक्षेप नहुने विधि आदिको बारेमा सुझाव राख्दै छलफल भएको थियो ।