2020-09-09

कोभिड–१९ सचेतना लिम्बु पम्पलेट प्रसार

covid 19 awareness pamphlet

कोभिड–१९ सचेतना लिम्बु पम्पलेट प्रसार

मिति २०७७ वैशाख ३ गते काठमाडौं । विश्वमहामारी कोरोना भाइरस (कोभिड १९)को नेपालमा चैत १२ देखि बन्दाबन्दी (लकडाउन) शुरुवात भयो । सर्वत्र चिन्ता, डर, चासो, बन्द गरी सबै घरमा बस्न बाध्य भयो । यस सन्दर्भमा विश्व स्वास्थ्य संगठन WHO ले काभिड १९को लक्षणहरु र बच्ने उपायहरुबारे सजग हुन तयार गरेको प्रचार सामाग्रीलाई लिम्बु भाषामा पम्पलेट तयार गरी किरात याक्थुङ चुम्लुङको आधिकारिक फेसबुकबाट जारी गरियो । उक्त पम्पलेट संस्थाका सदस्य लिम्बु भाषा साहित्यकार, उपप्राध्यापक प्राज्ञ अमर तुम्याङहाङबाट अनुवाद तथा डिजायन तयार पार्नुभएको थियो । उक्त पम्पलेटलाई चुम्लुङ पंक्ती मार्फत लिम्बु समाजमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गरिएको थियो ।