2020-09-09

कोरोना संकटमा चुम्लुङबाट खाद्यान्न सहयोग

food donate

कोरोना संकटमा चुम्लुङबाट खाद्यान्न सहयोग

मिति २०७६ चैत्र ३० गते विश्व मानव महामारि कोरोना भाइरस विरुद्ध किरात याक्थुङ चुम्लुङ इटहरी उपमहानगरपालिकाले २५०० केजि चामल (पचिस सय केजि )स्थानीय सरकार नगर प्रमुखलाई हस्तान्तरण गरेको छ । यो जटिल अवस्थामा सहयोग गर्नु हुने महान सहयोगि मनका महानुवाहरुमा लुङ्मेन्दिङ नोगेन । कियाचु इटहरी नगर अध्यक्ष राम नेम्बाङ एवम् सम्पूर्ण पदाधिकारी सदस्यहरु तथा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु हुने सबैमा हार्दिक नोगेन ।

मिति २०७७ वैशाख १७ गते धरानको फुड बैंकमा किरात याक्थुङ्ग चुम्लुङ्गले १ हजार केजी चामल प्रदान गरेको छ । यस राहत सहयोगमा किरात याक्थुङ् चुम्लुङ् धरान नगर समिति,सुनसरी जिल्ला समिति र धरानमा रहनु भएका केन्द्रीय समितिका सल्लाहकार एवम् केन्द्रीय पदाधिकारी-सदस्यहरूले मिलेर उक्त खाद्यान प्रदान गरेको सचिव ताजुव लिम्बुले वताए । चुम्लुङ्गका प्रतिनिधि पदाधिकारीहरुले उक्त खाद्यान्न नगर प्रमूख तिलक राई र उप प्रमुख मञ्जु भडारी सुवेदीलाई हस्तान्तरण गरका थिए । मंगलबार धरान सभा गृहमा राहत ग्रहण गर्दै धरानका मेयर तिलक राईले संकटको घडीमा जातिय संघ संस्थाहरुले गरेको सहयोग प्रति कृतज्ञता ज्ञापन गरे । कोभिड-१९ कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउन हामी सवै एक भई सहयोग आदन प्रदान गर्ने विचार चुम्लुङ्गका केन्द्रिय सचिव योगेन्द्र पालुंवाले व्यक्त गरेका थिए । सबैमा हार्दिक नोगेन ।