घरैमा किरात चाड मनाउन आग्रह
kirat chad yakwa greetings
घरैमा किरात चाड मनाउन आग्रह
२०७७ साल किरात चाड (यक्वा तङनाम, साकेला, उभौली, चासुवा, भुमे, शाँदार पिदार) आआफ्नो घरमै मनाउन आग्रह गरिएको छ । कोरोना भाइरसको महामारीले प्रभावित भएको भन्दै किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज र नेपाल थामी समाजले सामुहिकरुपमा भेला भएर धुमधामको साथ मनाउन नसकिने बताएको हो ।

