घरैमा किरात चाड मनाउन आग्रह

घरैमा किरात चाड मनाउन आग्रह
२०७७ साल किरात चाड (यक्वा तङनाम, साकेला, उभौली, चासुवा, भुमे, शाँदार पिदार) आआफ्नो घरमै मनाउन आग्रह गरिएको छ । कोरोना भाइरसको महामारीले प्रभावित भएको भन्दै किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज र नेपाल थामी समाजले सामुहिकरुपमा भेला भएर धुमधामको साथ मनाउन नसकिने बताएको हो ।