विश्वव्यापी अनलाईन पालाम गायन प्रतियोगिता शुभकामना
विश्वव्यापी अनलाईन पालाम गायन प्रतियोगिता शुभकामना
मिति २०७७ जेठ ७ गते, ललितपुर । ‘सांस्कृतिक जागरण हाम्रो अभियान, प्रतिभाको खोजी र सम्मान’ नारासहित याक्थुङ कल्चर ग्रुपले पहिलो विश्वव्यापी अनलाईन पालाम गायन प्रतियोगिता २०२० गर्न गइरहेकोमा किरात याक्थुङ चुम्लुङ नेपालको केन्द्रीय अध्यक्ष योगराज लिम्बु वनेमबाट लुङमेन्दीङ शुभकामना व्यक्त भएको छ । त्यसैगरी उक्त प्रतियोगिता कार्यक्रमलाई किरात याक्थुङ चुम्लुङ नेपालको तर्फबाट उपाध्यक्ष डा. कमल तिगेला, महासचिव निरन्ती तुम्बापो, भूपू महासचिव एवम् सचिवालय सदस्य तथा लिम्बु साँस्कृतिक परिषद अध्यक्ष गोविन्द आङबुङ लिम्बुले पनि आआफनो तर्फबाट भिडियो मार्फत शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष वनेमको उक्त शुभकामना सन्देशमा आदिवासी लिम्बुहरुको मौलिक गीत संगीतको एक प्रमुख धार “पालाम”लाई मुख्य विषय वस्तु बनाएर नयाँ समय सन्दर्भ अनुसार नयाँ प्रविधिको सदुपयोग गरेर जुन सृजनात्मक गतिविधि गर्न गइरहेको छ, यसले हाम्रा संस्कृतिहरु संरक्षीत, सम्बद्र्धीत र अझ प्रबद्र्धीत गर्नेनैछ । परिणामतः र अन्तत, सारमा भन्नुपर्दा राष्ट्रिय संस्कृतिको निर्माण र मानव सभ्यताको जगेर्ना गर्नेनैछ । यस्ता महत्वपूर्ण सृजनात्मक गतिविधिहरुमा संलग्न सम्पूर्ण आयोजक साथीहरु र सबैमा पुनः सफलताको शुभकामना व्यक्त गरिएको छ ।