ताप्लेजुङ आगलागी पीडितहरुलाई सहयोग वितरण
ताप्लेजुङ आगलागी पीडितहरुलाई सहयोग वितरण
मिति २०७७ जेठ १८ गते ताप्लेजुङ । ताप्लेजुङ आगलागी पीडितहरुलाई किरात याक्थुङ चुम्लुङ ताप्लेजुङ जिल्ला कार्य समितिको फुङलिङस्थित कार्यालयमा एक समारोह आयोजना गरी सहयोग वितरण भएको छ । गत २०७७ बैशाख १९ गते ताप्लेजुङ फुङ्लिङ्को बजारमा लागेको दु:खद आगलागी पीडित २८ परिवारलाई किरात याक्थुङ चुम्लुङ् जापानको सहयोगमा १,४८,०००( एक लाख अड्चालिस हजार) रुपैयाँ कियाचु जिल्ला ताप्लेजुङ माफर्त वितरण गरिएको छ । विश्व माहामारी कोरोना कहर सँगै सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाइ सम्मान व्यक्त गर्दछौं । आर्थिक सहयोग संकलन गर्नु हुने कियाचु जापानलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं । वितरण व्यवस्थापक कियाचु जिल्ला ताप्लेजुङलाई लुङमेन्दिङ नोगेन तोम्मा गर्दछौं I
उक्त समारोहमा फुङलिङ नगरपालिका वडा नं. ५ स्थित आगलागी पीडित महानुभावहरु (१) खेमराज केसी, ५ हजार (२) नेत्र प्रसाद कार्की, ५ हजार (३) ठम बहादुर कार्की, ५ हजार (४) बिष्णु केसी, ५ हजार (५) नारायण भटराई, ५ हजार (६) चन्द्रमाया लेछबो, ५ हजार (७) राम शाह, ५ हजार (८) चन्द्र प्रसाद निरौला, ५ हजार (९) भुपेन्द्र खुदाङ, ५ हजार (१०) अनुप निरौला, ५ हजार (११) सागर महतारा, ५ हजार (१२) रविन कार्की, ५ हजार (१३) विनिता सिग्देल, ५ हजार (१४) सुधिर सिग्देल, ५ हजार (१५) दिनेस खबास, ५ हजार (१६) योगेन्द्र कुमार गुरुङ, ५ हजार (१७) फुलमाया भटराई, ५ हजार (१८) झकमान कार्की, ५ हजार (१९) मनोज राई, ५ हजार (२०) दुर्गा भटराई, ५ हजार (२१) यमन भन्डारी, ५ हजार (२२) अर्जुन श्रेष्ठ, ५ हजार (२३) तुलसा भटराई, ५ हजार (२४) संगिता हेल्लोक, ५ हजार (२५) विष्णु लिम्बू, ५ हजार (२६) रमन आसाद, ५ हजार (२७) रत्न बहादर केसी, ५ हजार (२८) लिला भटराई, ५ हजार वितरण गरिएको छ । उक्त वितरण समारोहको अध्यक्षता कियाचु ताप्लेजुङका जिल्ला उपाध्यक्ष डिबी पालुङवाले गर्नुभएको र सञ्चालन सचिव इन्दीरा मेन्याङबोले गर्नुभएको थियो ।