2020-09-11

मिति २०७७।०२।३० तेह्रथुम चिहान भत्काइएको विरोध विज्ञप्ति

मिति २०७७।०२।३० चिहान भत्काइएको विरोध विज्ञप्ति

तेह्रथुम जिल्ला साविक सिम्ले गाविस वडा नं. ५ हाल फेदाप गाउँपालिका वडा नं. १, औंसीबजारस्थित आदिवासी लिम्बुको चिहान भत्काइएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता सांस्कृतिक, ऐतिहासिक एवम् पवित्र थलोहरुको हेरचाहर, संरक्षण हुनुुपर्नेमा उल्टो त्यसलाई विकासको नाममा भत्काउने, मेट्ने दुष्प्रयास भइरहेकोमा किरात याक्थुङ चुम्लुङको तर्फबाट घोर भत्र्सना गर्दछौं ।

आदिवासी लिम्बु मध्ये निङलेखु र पयाङगु वंशथरीहरुको समाधिस्थल पर्ने उक्त क्षेत्रमा हेलीप्याड बनाउने क्रममा उक्त घटना भएको भनिएको छ । समाधिस्थलहरु, मानवसभ्यताका एक महत्वपूर्ण साँस्कतिक थलोहरु हुन् । अझ आदिवासीको सन्दर्भमा यसले विशेष सांस्कृतिक महत्व र ऐतिहासिक निरन्तरताको अर्थ राख्दछ । कुनै पनि विकास वा प्रगतिको नाममा यी सांस्कतिक थलोहरु भत्काउनु हुदैन भनी सर्वोच्च अदालतको आदेश, आदिवासीहरुको हकअधिकारसँग सम्बन्धित आइएलओ १६९ र संयुक्त राष्ट्र संघको घोषणा पत्र, साथै नेपालको संविधान समेतले सुनिश्चित गरेको अधिकारहरुको विरुद्ध किन यस्ता दुखद र निन्दनीय हर्कतहरु भइरहेकाछन् ? यस्ता सांस्कृतिक थलोहरुको उचित संरक्षण र सम्बद्र्धन हुनुुपर्दछ भनी विभिन्न चेतनामुलक सञ्चार भइरहेकै अवस्थामा पनि सम्बन्धित स्थानीय सरकार जो प्रत्यक्ष सरोकार राख्दछ, उ किन संवेदनशील भइरहेको छैन ? र यस्ता घटनाहरु दोहोरिरहन्छन् । यसप्रति हामी खेद व्यक्त गर्दै स्थानीय सरकारको असंवेदनशिलता र गैरजिम्मेवारीपनाको कडा विरोध गर्दछौं । उक्त हेलीप्याड बनाउने कार्य अविलम्ब रोकी चिहान भत्काउनेहरुलाई कारबाही गर्न, भत्काइएको चिहानहरु यथावत संरक्षित गर्न र सम्बन्धित समाज एवं परिवारलाई पुग्न गएको सम्बेदनात्मक एवं सांस्कृतिक चोट÷क्षतिको उचितढंगले भरणपोषण गर्न सम्बन्धीत पक्षसँग जोडदार माग गर्दछौं । साथै स्थानीयस्तरमा सम्बन्धित लिम्बू वंशथरी एवम समाज, परिवार, लिम्बुजन्य संघसंस्थाहरु, आदिवासी जनजाति संघसंस्थाहरु, तुतुतुम्याङहरु, समाजका अग्रज एवम् अभियन्ताहरु, बुद्धिजीविहरु, राजनीतिज्ञहरुलाई यस्ता घटनाहरु हुन नदिनको लागि गम्भीर सरोकार राखिदिन हुन सबैमा हार्दिक अपील गर्दछौं ।

योगराज लिम्बू वनेम

अध्यक्ष, केन्द्रीय कार्य समिति