2020-09-16

मातृभाषा शिक्षा सहकार्य र समझदारी पत्र जारी

matribhasa banner

मातृभाषा शिक्षा सहकार्य र समझदारी पत्र जारी

मिति २०७७ असार ३ गते बुधबार काठमाडौं । नेपालको संविधानले प्रत्याभूत गरेको मातृभाषा शिक्षा सम्बन्धी प्रावधानहरुको कार्यान्वयन र भाषाहरुको संरक्षण, संवर्धन र विकासका लागि स्थानीय सरकारको भूमिकालाई हृदयगम गरी भाषा आयोगको अगुवाईमा मातृभाषामा शिक्षा एवम् बहुभाषिकताका क्षेत्रसित आबद्ध सरकारी तथा गैरसरकारी संस्थाहरुको सामुहिक छलफल भई “मातृभाषा शिक्षा तथा भाषा संरक्षण सम्बन्धी स्थानीय सरकारसितको सहकार्य र समझदारी” पत्र जारी भएको छ । उक्त पत्र तयारीको क्रममा किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष योगराज लिम्बु वनेम सहभागी हुनुभएको थियो ।

भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभाग, नगरपालिका सङ्घ नेपाल, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, आदिवासी जनजाति महासङ्घ, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल शिक्षक महासंघ लगायत विभिन्न सरोेकारवाला संघसंस्थाका पदाधिकारी एवम् प्रबुद्ध व्यक्तिहरुको उपस्थितिमा कोरोना माहामारीबाट सिर्जना भएको प्रतिकुल परिस्थितिमा पनि ऐक्यबद्धता प्रकट गर्दै भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको अध्यक्षतामा सञ्चालन भएको दुरदृश्य (भर्चअल) बैठक सम्पन्न भएको थियो । उक्त बैठकमा भएको छलफलका आधारमा मातृभाषामा शिक्षा र भाषा संरक्षणसम्बन्धी नीति निर्माण, कार्यक्रम कार्यान्वयन, श्रोतसाधन परिचालन र व्यवस्थापनको लागि स्थानीय सरकारको अगुवाईलाई आत्मसाथ गरी सबै सम्बद्ध निकाय र व्यक्तिहरुले आआफनो भूमिका निर्वाह गर्न क्रियाशील रहने र समन्वयात्मक रुपमा काम गर्ने प्रतिबद्धताका साथ भावी पुस्ताका संवाहक हाम्रा बालबालिका र युवाहरुको संज्ञाठनात्मक एवम् भाषिक र सांस्कृतिक चेतनाको विकास गरी सिकाइको सुनिश्चित आधार निर्माण गर्ने प्रयोजनका लागि सहमत भई “मातृभाषा शिक्षा तथा भाषा संरक्षण सम्बन्धी स्थानीयत सरकारसितको सहकार्य र समझदारी” पत्र जारी भएको थियो ।

उक्त सहकार्य र समझदारी पत्रमा नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभाग प्रमुख प्राडा योगेन्द्रप्रसाद यादव, नगरपालिका सङ्घ नेपाल, प्रमुख अशोक कुमार ब्याञ्जू, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल अध्यक्ष होमनारायण श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासङ्घ अध्यक्ष जगत बराम, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान,कार्यकारिणी समिति सदस्य ज्ञानेन्द्र पुन, नेपाल शिक्षक महासंघ अध्यक्ष बाबुराम थापा, तराई मधेश राष्ट्रिय प्रतिष्ठान र भोजपुरी प्रज्ञा प्रतिष्ठान अध्यक्ष आनन्द गुप्ता, मैथली साहित्यकार सभा अध्यक्ष जनार्दनलास दास, अवधि सांस्कृतिक विकास परिषद अध्यक्ष विक्रममणि त्रिपाठी, मगही अन्तर्राष्ट्रिय परिषद अध्यक्ष वीरबहादुर महतो, भाषा आयोग मातृभाषा शिक्षा शाखा प्रमुख डा लोकबहादुर लोप्चन तामाङले हस्ताक्षर गर्नुभएको थियो । उक्त सहकार्य र समझदारी पत्रको विस्तृत विवरण तल राखिएको छ ।