मिति २०७७ असार ३१ गते सिसेक्पा शुभकामना
मिति २०७७ असार ३१ गते सिसेक्पा शुभकामना
सदाका वर्षहरुमा झै ‘अनिकाल खेदाउने, रोगब्याधी खेदाउने र सहकाल बोलाउने’ चाडको रुपमा हामी आदिवासी लिम्बूहरुले मनाउँदै आइरहेको, यस वर्ष मिति २०७७ साल साउन १ गते पर्ने “सिसेक्पा तङनाम २०७७”को शुभअवसरमा देशविदेशमा रहनुभएका लिम्बु लगायत सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा लुङमेन्दीङ शुभकामना व्यक्त गर्दछौं ।
कोरोना विश्वमहामारी (कोभिड १९)बाट बच्न हाम्रा दैनिकीहरु अझ पनि बन्दाबन्दीको रुपमा गुज्रिरहेको अवस्था छ । रोग संक्रमणबाट जोगिनको लागि अपनाएको यो बन्दाबन्दीको अवस्थाले हामीलाई सामाजिक सांस्कृतिक गतिविधिहरु सहजढंगले गर्न गराउन नदिएको परिस्थिति हामी सबैलाई सर्वविदितै छ । तर पनि, हाम्रो सामु खुशी, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना बोकेर आएको यो सिसेक्पा तङनामलाई घरघरमा, स्थानीय परिस्थिति एवम् अनुकुलता अनुसार मान्न मनाउन हुन सबै दिदीबहिनी तथा दाजुभाइहरुमा अपील गर्दै पुनः लुङमेन्दीङ शुभकामना व्यक्त गर्दछौं ।
योगराज लिम्बू वनेम
अध्यक्ष, केन्द्रीय कार्य समिति