2020-09-17

तीनजुरे मिल्के जलजले -TMJ संरक्षण सरोकार समूह गठन

tmj gathan

तीनजुरे मिल्के जलजले -TMJ संरक्षण सरोकार समूह गठन

मिति २०७७ साउन १५ गते, काठमाडौं । अनलाइन जुम मिटमा भेला भएर थिवोङ याक्थुङ लाजे (लिम्बुवान) भित्र पर्ने आदिवासी भूमी सुम्हा?लुङ, मिल्गु, सुम्बेत्लुङ (तीनजुरे मिल्के जलजले -TMJ) संरक्षण सरोकार समूह आज गठन भएकोछ । किरात याक्थुङ चुम्लुङ सहितको याक्थुङ थरगत सहजिकरण समूहको आयोजनामा गठित सरोकार समूहमा संयोजक – नरप्रसाद लुम्फुङवाको संयोजकत्वमा १९ सदस्यीय सरोकार समूह गठन भएको छ ।

उक्त समूहमा कियाचु केन्द्रीय सदस्य उत्तम लिङथेप संखुवासभा, कियाचु लिम्बुवान प्रदेस समिति उपाध्यक्ष टंकमाया तिगेला तेहूथुम, कियाचु जिल्ला सचिव तेजमान कन्दङवा तेह्रथुम, कियाचु जिल्ला अध्यक्ष अनिल थल्लङ संखुवासभा, किरात याख्खा छुम्माका खगेन्द्र देवान संखुवासभा,, किरात याख्खा छुम्माका मागमान लिंखा संखुवासभा, कियाचु फुङलिङ नगरसमिति सचिव ज्ञानु फुरुम्बो ताप्लेजुङ, हुक्पा चोङबाङ थरगत संस्थाका भगत हुक्पा चोङबाङ तेयुङ थरगत संस्थाका हर्क तेयुङ तेह्रथुम, लुम्फुङवा थरगत संस्थाका अध्यक्ष पूर्णबहादुर लुम्फुङवा तेह्रथुम, आङबुङ थरगत संस्थाबाट गीर्जमान आङबुङ तेह्रथुम, मादेम्बा थरगत संस्थाबाट तिर्थराज मादेम्बा तेह्रथुम, यक्सो थरगत संस्थाबाट बिष्णु यक्सो ताप्लेजुङ, खापुङ थरगत संस्थाबाट खगेन्द्र खापुङ तेह्रथुम, वनेम थरगत संस्थाबाट बिबिहाङ वनेम ताप्लेजुङ, सेरेङ मादेन थरगत संस्थाबाट गोपाल सेरेङ मादेन संखुवासभा, आङबुहाङ थरगत संस्थाबाट राम आङबुहाङ आठराई त्रिवेनी ताप्लेजुङ, नयङ थरगत संस्थाबाट लालबहादुर नयोङ संखुवासभा रहनु भएको छ ।

परामर्श सल्लाहकार समितिमा किरात याक्था छुम्माका केन्द्रीय अध्यक्ष पूर्व रापंस दुर्गामणी देवान, त्रिविका प्रा. बालकृष्ण माबुहाङ, लालिगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङ रहेका छन् । वाँकी थरगत प्रतिनिधीहरु र परामर्श सल्लाहकारहरु थप्दै जाने यस संरक्षण सरोकार समूहले संर्घष समिति गठन गर्ने जनाइएको छ । आज भएको भेलाले ८ सदस्यीय सचिवालय समेत गठन गरेको छ ।