2020-09-17

ताप्लेजुङ मुक्कुम्लुङबारे सरोकारवाला अन्तरकृया

tpj mukumlung interaction

ताप्लेजुङ मुक्कुम्लुङबारे सरोकारवाला अन्तरकृया

२०७७ श्रावण १६ ताप्लेजुङ किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा, ताप्लेजुङले जिल्लाको शक्तिपिठ मुक्कुम्लुङ बारे शुक्रबार बिभिन्न सरोकारवालालाई सहभगि गराई अन्तरकृया गरेको  अन्तरकृयाको आरम्भमा किरात याक्थुङ् चुम्लुङको तर्फबाट नगर समिति सचिब ज्ञानु लिम्बू (चरपे) लेप्राचीन नाम मुक्कुमलुङ हो, पाथीभरा होइनशिर्षकको आधार पत्र प्रस्तुत गरे चरपेले, मुक्कुमलुङ मुन्धुमदेखि बिभिन्न आधार बारे आधार पत्रमा उल्लेख गरेका छन् मुक्कुम्लुङ नाम पुर्नस्थापनाको आधार, महत्व अपनत्व बारे आधार पत्र प्रस्तुत गरे चरपेले, राजेश्वर थापाद्वारा लिखित पावन पबित्र मुक्कुमलुङमा पुस्तक, लिम्बूनेपालीअंग्रेजी शब्दकोषमा पनि मुक्कुमलुङ उल्लेख भएको तथ्य रहेको उल्लेख गरेका छन् आधार पत्रमानेपालको भाषा आयोगको प्रतिवेदन २०७४ मा सुद्धिकरण आधुनिकीकरणको नाममा कुनै स्थान वा नदिनालाको नामाङ्कन वा पुर्ननामाङ्करण गर्दा, भाषिक इतिहास वा आदिम सभ्यता परम्परागत पहिचान मेटिनेगरि कुनै कार्य गर्न, गराउन हुँदैन उल्लेख भएको आधार पत्रमा उल्लेख

 

अन्तरकृयामा बोल्दै मुक्कुमलुङ संयुक्त संघर्ष समिति संयोजक श्री लिङ्खिमले आफूहरूलाई केहि थाहा नभएको तर, मुक्कुमलुङ नामाङ्कनमा कुनै सम्झौता नहुने प्रष्ट पारे उनले बुँदे माग पत्र पेश गर्दै, कुनै हालतमा तलमाथि नहुने बताए राज्यले दमन गरे सिंगो समुदायको साथ प्रतिरोधमा उत्रने पनि चेतावनी दिए आफुहरूको मुद्धामा राज्य उदासिन भएको आरोप समेत लगाए प्रमुख अतिथि तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति उपाध्यक्ष ओङ्गे शेर्पाले आन्दोलनप्रति पूर्ण समर्थन रहेको बताए उनले किरात लिम्बू समुदायको यो उचितत मागप्रति राज्यले सम्बोधन गर्नुपर्ने बताए पहिचानको आधारमा, ऐतिहासिकताको आधारमा रैथाने आदिवासीको भाषा, संस्कृतिको आधारमा मुक्कुमलुङ नाम पुर्नस्थापनाको आन्दोलन सान्दर्भिक भएको बताए

अन्तरकृयामा पाथीभरा क्षेत्र विकास समिति पूर्वअध्यक्ष सजन पौडेल पूर्वकार्यकारी निर्देशक उदय भट्टराईको पनि उपस्थिति थियो मुक्कुम्लुङ नाम पुर्नस्थापना सन्दर्भमा पूर्व कार्यकारी निर्देशक भट्टराईले ऐतिहासिकता, पहिचान मुन्धुमी बिशेषताको आधारमा मुक्कुमलुङ नामाङ्कन सान्दर्भिक भएको बताए उनलेजिल्लामा बसोबास गर्ने किरात लिम्बूहरूको ऐतिहासिक सँस्कृतिसँग नामको बिशेषता भएको हुनाले सान्दर्भिक उनले, पाथीभरामा २३० बर्षयतादेखि मात्र बलि पूजा गर्न थलिएको इतिहास भेटिएको, त्यसअघि शक्तिपिठको रुपमा मात्र मानिएको बताए त्यस्तै पाथीभरा क्षेत्र विकास समिति पूर्वअध्यक्ष सजन पौडेलले पाथीभरालाई मुक्कुमलुङबाट नै चिनिएको तथ्य विकिपेडियामा ब्याख्या गरिएको बताए नामको बिषयमा मुक्कुमलुङ नै भए पनि फरक नपर्ने औंल्याए तर, पाथीभरा नामाङ्कन जसले गरे पनि सुनियोजित होइन उनको जिकिर