मिति २०७७।०४।३० गते नाहाङमायक बारे प्रेस विज्ञप्ति
मिति २०७७।०४।३० गते नाहाङमायक बारे प्रेस विज्ञप्ति
आज मिति २०७७।०४।३० गते बसेको किरात याक्थुङ चुम्लुङको केन्द्रीय सचिवालयको भर्चुअल बैठकको निर्णय अनुसार निम्न धारणाहरु जारी गरिएको छ ।
१. ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका वडा नं. २ साविक खेजेनिम ५ स्थित नाहाङमा यकको माङहिममा मिति २०७७।०४।२६ गते रातिको समयमा भएको तोडफोड र आगजनीको घटना प्रति किरात याक्थुङ चुम्लुङको गम्भीर ध्यानाकर्षण भएको छ । आपसी हित, सामाजिक सदभाव, भातृत्व, वैचारिक एवम् धार्मिक विविधता, सहअस्तित्व, सहिष्णुता लगायतमा खलल पुरयाउने उक्त विध्वशांत्मक प्रयास गर्नु गलत काम हो भन्दै, यस्ता सोच, शैली, अतिप्रवृत्ति उन्मुख गतिविधिहरुको किरात याक्थुङ चुम्लुङ कडा निन्दा गर्दछ । साथै दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्नको लागि स्थानीय सरकार, प्रशासन समक्ष जोडदार माग गर्दछ ।
२. स्थानीय मौलिक लिम्बु नामहरुको संस्कृतकरण, हिन्दुकरण, विस्थापन, अप्रभम्सन विरुद्ध किरात याक्थुङ चुम्लुङले २०४९ सालको आफनो दोश्रो राष्ट्रिय महाधिवेशनदेखि निरन्तर आवाज उठाउँदै आइरहेको छ । तर राज्य पोषित दुष्प्रयास प्रकृया अझ जारी देखिन्छ । हालैका दिनहरुमा पान्थर जिल्लाको मिलुङ झरना र तेरथुम जिल्लाको खोरङ्वा खोलाको यो स्थानीय मौलिक लिम्बु नामहरुलाई संस्कृतकरण एवम् हिन्दुकरण गरी अंप्रभसित गरी क्रमशः मृदुङगा र खुरगंगा नाम हो भनी प्रचार गरिएको प्रति किरात याक्थुङ चुम्लुङ आपत्ती प्रकट गर्दछ । उक्त स्थानीय मौलिक नामहरुको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनको लागि स्थानीय किरात याक्थुङ चुम्लुङ पदाधिकारी एवम समितिहरु, लिम्बुजन्य संस्थाहरु, याक्थुङ सयङहरु, आदिवासी जनजाति संस्थाहरु, बुद्धिजीविहरु, नागरिक समाजहरु, तुतु तुम्याङहरुले देखाउनुभएका सकृयता र पहलकदमीको एक्यबद्धता समर्थन सहित उच्च प्रशंसा गर्दै सम्बन्धित स्थानीय सरकार, प्रशासन, जनप्रतिनिधिहरुलाई उक्त स्थानीय मौलिक नामहरुलाई आधिकारिता दिई औपचारिक कागजातहरुमा प्रचलनमा ल्याउन किरात याक्थुङ चुम्लुङ जोडदार माग गर्दछ ।
योगराज लिम्बू वनेम अध्यक्ष, केन्द्रीय कार्य समिति