चुम्लुङ इजरायल सांगठनिक अन्तरक्रिया सम्पन्न

मिति २०७७ भदौ १ गते तदअनुरुप अगस्ट १७ तारिख २०२० का दिन किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा किरात याक्थुङ चुम्लुङको वर्तमान सांगठनिक अवस्था तथा आगामी कार्ययोजना बिषयक भर्चुअल प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कियाचु नेपालका महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्य एवम् प्रस्तुति रहेको थियो । उक्त कार्यक्रमबाट कियाचु नेपाल र कियाचु इजरायल बीच प्रष्टता र थप सौहार्दता बढेको छ । उक्त कार्यक्रममा इजरायलवासी याक्थुङ महानुभाव ज्युहरु लगायत देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण याक्थुङ महानुभावहरु जुम मार्फत जोइन भइ कार्यक्रमको शोभा बढाउनुभएको थियो ।