2021-01-11

३२औं स्थापना दिवस : लिम्बू सामुहिकताको लागि चुम्लुङ्को भुमिका बिषयक अन्तरक्रिया

मिति २०७७ भदौ १२ गते । किरात याक्थुङ चुम्लुङ ३२औं स्थापना दिवसको सन्दर्भमा बिषयगत समिती,प्रदेश कार्य समिती र जिल्ला कार्य समितीहरुसँग “लिम्बू सामुहिकताको लागि चुम्लुङ्को भुमिका“ बिषयक जुम भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रियामा केन्द्रीय अध्यक्ष योगराज वनेमले सामुहिकताको अर्थ र सो अनुसार लिम्बु समाजमा कियाचुले गरिरहेको चर्चा गर्दै हाल टिएमजे, पोक्लाबाङ, रानीगाउँ, मुक्कुमलुङ द्वन्द्वहरुमा याक्थुङ सयङ सहजीकरण समूहसँग र थरगत संस्थाहरुसँग काम भइरहेको जानकारी गराउनुभयो । साथै मातृभाषा, सांस्कृतिकथलोहरुको संरक्षण लगायतका एजेण्डा एवम् बजेट श्रोतहरु हाल गाउँपालिका, नगरपालिकाहरुमा पुगेको हुनाले सो अनुरुप गाउँ नगर केन्द्रीत कामहरु गर्न गराउनको लागि लागौं । लिम्बु सामुहिकतामा चुम्लुङको भूमिका भन्नाले समग्रमा मिलेर काम गर्ने नै हो, ओभरल्यापमा होइन कि ग्यापमा काम गरौं । सामुहिकता प्रकट हुने माध्यमहरु भनेको आम सहभागिता हुने पद्दतिहरु जस्तै गोष्ठी, सम्मेलन, अधिवेशनहरु हुन् । चुम्लुङको कार्यशैली मध्यमार्गी र समन्वय नै हो यसरी चुम्लुङकर्मीहरुले बोल्ने व्याख्या गरौं भनी अध्यक्ष वनेमले कुरा राख्नुभयो ।