2021-01-11

३२ औ स्थापना दिवस : अत्याधिक मादक पदार्थ सेवन न्यूनिकरण प्रश्नोत्तर

मिति २०७७ साल भाद्र १४ गतेका दिन किरात याक्थुङ चुम्लुङको ३२ औ स्थापना दिवस यही भाद्र १७ गते परेकाले सोही अवसरमा किरात याक्थुङ चुम्लुङको “तीन वर्षे नीति तथा कार्यक्रम २०७४—२०७७” को नियम ३२ अनुसार “पुनर्जीवन केन्द्र मार्फत अत्याधिक मादक पदार्थ सेवन न्यूनिकरण कार्यक्रम संचालन गरिनेछ ।” भन्ने उल्लेख भएकाले सोही अनुरुप यही आउँदो भाद्र १४ गते जिट्सी मिटको सहयोग लिई “जहाँ पायो त्यही, जहिले पायो तहिले, जस्तो पायो त्यस्तो, जति पायो त्यति, अत्याधिक मादक पदार्थ सेवन नगरौं ।” भन्ने नाराका साथ मादक पदार्थ तथा लागू पदार्थ न्यूनिकरण गर्ने उद्धेश्यले अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कियाचु पुनर्जीवन केन्द्रको स्थापना कसरी भयो ? कियाचु पुनर्जीवन केन्द्रले लागू पदार्थ नियन्त्रण र अत्याधिक मादक पदार्थ न्यूनिकरण एवम् उपचारको क्षेत्रमा के के गरिरहेको छ ? लागू पदार्थ र मादक पदार्थका प्रयोगकर्ताहरुलाई कति उपचार गरेर पठायो ? कति सफल वा विफल भयो ? लागु पदार्थ तथा मादक पदार्थ सेवनकर्ताहरुलाई कुन उपचार विधीबाट उपचार तथा पुनरस्थापना गरिन्छ ? उपचार तथा पुनस्थापना गरिएका पूर्व लागू पदार्थ तथा मादक पदार्थ प्रयोगकर्ताहरु के भन्छन ? विविधमा प्रश्नोत्तर भएको थियो । कियाचु पुनर्जीवन केन्द्र धरान सुनसरीले आयोजना गरेको उक्त कार्यक्रममा स्रोत व्यक्ति डा राजिव खतिवडाले मन्तव्य राख्नुभएको थियो ।