३२औं स्थापना दिवस : मुन्धुम पा: नघङ थिम्बे

मिति २०७७ भदौ १५ गते । किरात याक्थुङ चुम्लुङ ३२औं स्थापना दिवसको अवसरमा बिषयगत समिति लिम्बु सांस्कृतिक परिषदको आयोजनामा मुन्धुम पा:नघङ थिम्बे बिषयक भर्चुअल अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सांस्कृतिक परिषदका अध्यक्ष गोविन्द आङबुङले छलफल पत्र तयार गरी प्रस्तुत गर्नुभएको थियो । संस्कृति, भाषा साहित्यकारहरुको सहभागी रहेको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी सबैले लिम्बु भाषामा मन्तव्य राख्नुभएको थियो ।