३२औं स्थापना दिवस : शुभकामना आदानप्रदान
मिति २०७७ भदौ १६ गते । किरात याक्थुङ चुम्लुङ ३२औं स्थापना दिवसको अवसरमा आदिवासी जनजाति, राजनीतिक दल, लिम्बुजन्य संगठनसँग शुभकामना आदानप्रदान कार्यक्रम भर्चुअलमा सम्पन्न भएको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा तमु छोँजधिका अध्यक्ष रेशम गुरुङ, नेवा देय दबुका अध्यक्ष नरेश ताम्रकार, किरात याक्खा छुम्माका अध्यक्ष लिल रोगु, किरात राई यायोक्खाका महासचिव जनक राई, याक्थुङ युवा मञ्चका उपाध्यक्ष मानधोज इस्बो, लिम्बु पत्रकार सङ्घका अध्यक्ष देवेन्द्र खापुङ, जनता समाजवादी पार्टीका तर्फबाट खगेन्द्र माखिम, याक्थुङ लेखक सङ्घका उपाध्यक्ष अप्सरा लाओती शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी राजनीतिक दलहरुको तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङवा, लिम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङबो, सङ्घीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेन, नेपाली काङग्रेसका नेता नरेन्द्र केरुङ, सङ्घीय सांसद भवानी खापुङ भदौ ले शुभकामना मन्तव्य सहित आगामी दिनहरुमा कियाचुले लिम्बु समाजमा अझ प्रभावकारी भूमिका खेलोस् भनी विभिन्न सुझावहरु राख्नुभएको थियो । त्यसैगरी लिवि मञ्चका अध्यक्ष दीपा लक्सम, सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार र आदिवासी जनजाति महासङ्घको उपाध्यक्ष गोबिन्द छन्त्याल बाट पनि शुभकामना विचारहरु राखिएको थियो । चुम्लुङ संस्थापक सदस्य नर प्रसाद लुम्फुङवा ले स्मृति मन्तव्य सहित आगामी दिनका चुनौतीहरु बारेमा मन्तव्य राख्नुभएको थियो । अन्तमा कार्यक्रममा धन्यवाद एवम् समापन मन्तव्य चुम्लुङ अध्यक्ष योगराज लिम्बु समापन मन्तव्य राख्नुभयो ।