2021-01-17

३२औं स्थापना दिवस : मूल समारोह

मिति २०७७ भाद्र १७ गते । किरात याक्थुङ चुम्लुङको ३२औं स्थापना दिवस पनि को मूल समारोह विश्वमहामारी कोभिड १९को कारण समग्रमा भर्चुअल जुम मार्फत सम्पन्न भएको छ । मूल समारोहको बिहानपख किरात याक्थुङ चुम्लुङ नेपालको केन्द्रीय कार्यालय ललितपुरमा अवस्थित त्रिमुर्ति विभूतिहरुमा अध्यक्ष योगराज लिम्बु वनेमबाट माल्यार्पण गरियो । त्यसपछि दिउँसोपख नेपाली समय ४ बजेदेखि विश्वव्यापीरुपमा विदेश चुम्लुङहरुको सहभागितामा मूल समारोह भर्चुअल जुम मार्फत सम्पन्न भयो । उक्त समारोहमा प्रमुख अतिथिको रुपमा कानून न्याय तथा संसदीय मामिला मन्त्री माननीय डा. शिवमाया तुम्बाहाङफेलाई निम्तो भएता पति वहाँको व्यवस्थाको कारण अनुपस्थित रहनुभयो । विशेष अतिथिको रुपमा प्रदेश नम्बर १को आर्थिक मामिला तथा योजना मन्त्री माननीय इन्द्र आङबो, अतिथिहरुमा निवर्तमान प्रदेश प्रमुख प्राडा गोविन्द तुम्बाहाङ र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीमगरले मन्तव्य राख्नुभयो । उक्त जुम भर्चुअल बैठकको प्रत्यक्ष प्रसारण कियाचु नेपालको फेसबुक, नयाँ बुलन्द अनलाईन पत्रिकाबाट भयो ।

कार्यक्रमको अध्यक्षता गर्दै शुभकामना व्यक्त गर्ने क्रममा कियाचु नेपालका अध्यक्ष योगराज लिम्बुले ‘हामी, आदिवासी लिम्बुको भाषिक, सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक उन्नतिको लागि नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक संरचना र राजनीतिक वातावरणलाई अधिकतम सदुपयोग गर्दै अझ सकृयतापुर्वक अघि बढ्नुपर्नेछ । विभेदकारी व्यवस्थाहरुको खारेजी, अपुरो अधुरो व्यवस्थाहरु माथिको थपनी, पहिचान र अधिकारको स्थापनाको लागि हामीमिा निर्माण भएको सामाजिक सांस्कृतिक चेतलाई राजनीतिक चेतमा परिणत गरी एकल जातिवादी वर्चश्वशाली राज्यसत्तालाई परास्त गर्न समग्र ध्यान दृष्टि केन्द्रीत गर्नुपर्नेछ । राजनीतिक चेत एवम् शक्ति निर्माणको लागि हरेक पक्ष र सन्दर्भमा सामुहिकता जरुरत पर्दछ । तसर्थ लिम्बु सामुहिकताको लागि आम चुम्लुङ पंक्ति लगायत लिम्बु समाजमा सकृय सबै पंक्तिहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नु जरुरी छ । यसका लागि, यस स्थापना दिवसको सन्दर्भमा हामी सबैमा हार्दिक अपील गर्दछौं । विश्वमहामारी कोभिड १९ को विश्वव्यापी विषम परिस्थितिलाई जितेर अघि बढ्न, र हामी सबैलाई सामुहिकता र शक्ति निर्माणमा प्रेरित गरोस’ भनी यस ३२ औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी उक्त कार्यक्रममा विदेश चुम्लुङका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नुभयो । सो क्रममा कतार महासचिव सागर लिम्बु, बहराइन उपाध्यक्ष झहरमान थेबे, अमेरिका महासचिव सुमन थाम्सुहाङ, जापान महासचिव लक्ष्मीहाङ आङबो, जर्मनी उपाध्यक्ष सञ्चमान जबेगु, इजरायल अध्यक्ष कुमार आङदेम्बे, कुवेत महासचिव अर्जुन जबेगु, मकाउ काबा अध्यक्ष चण्डी योङया, मलेशिया अध्यक्ष दिल केरुङ, दक्षिण कोरिया अध्यक्ष मिराक लिम्बु, युएई सचिव विक्रम पन्धाक, युके सचिव विश्वदीप तिगेलाबाट आआफनो सुझाव मन्तवहरुसहित शुभकामना व्यक्त भयो ।

उक्त मूल समारोहकै दिन नेपालका विभिन्न जिल्लाहरुमा याक्थुङ सहयोग कोष छात्रवृत्ति पुरस्कार, स्व. देवीबहादुर आङबुङ लिम्बु स्मृति छात्रवृत्ति, श्रीमती खेममाया सिंगक आङबुङ लिम्बु छात्रवृत्ति पुरस्कार, कियाचु इजरायल कल्याणकारी कोषको छात्रवृत्ति पुरस्कारहरु वितरण, विभूतिहरुमा माल्यार्पण, शभकामना समारोहहरुको आयोजना, सञ्चार तथा सामाजिक सञ्जालहरुमा शुभकामना आदानप्रदान कार्यक्रमहरु सम्पन्न भयो । भर्चुअल जुममार्फत सम्पन्न उक्त मूल समारोहको उद्घोषण महासचिव निरन्ती तुम्बापो र सचिव यासेली योङहाङ, स्वागत मन्तव्य उपाध्यक्ष उपप्राध्यापक प्रेम येक्तेनबाट भयो ।

किरात याक्थुङ चुम्लुङको स्थापना दिवसको दिन लेखक राजकुमार दिक्पालले लेख्नुभएको लेख एक सन्दर्भ सामग्रीको रुपमा यहाँ साभार गरिएको छ । किरात याक्थुङ चुम्लुङको स्थापना : राजकुमार दिक्पाल

आदिवासी लिम्बूहरूको इतिहास, संस्कृति, भाषा तथा मुन्धुमको खोजी तथा अनुसन्धानमा साधनारत प्राज्ञिक व्यक्तित्व इमानसिंह चेम्जोङ पुख्र्यौली थलो फर्किए । यसअघि उनी कहिले सिक्किम र कहिले दार्जिलिङमा रहेर आदिवासी लिम्बूहरूको विविध विषयमा गहन खोज–अनुसन्धानमा व्यस्त थिए । नेपाल फर्केपछि आफ्नो साधनाको केन्द्र पाँचथर, इलामलाई आधारस्थल बनाएर उनी लिम्बूवान क्षेत्रमा गहन अध्ययनमा जुटेका थिए । उनले एकल रूपमा होइन, संगठन बनाएरै काम गरे प्रभावकारी हुन्छ भन्ने आत्मज्ञानका साथ वि।सं। २००९ सालमा ‘लिम्बूवान सुधार संघ’ गठन गरे । यसको कार्यालय इलामको मालापथमा राखिएको थियो । संघका सभापति स्वयम् चेम्जोङ थिए भने प्रधानमन्त्री ९महासचिव० चाहिं तेजबहादुर प्रसाईं थिए । यो संघलाई लिम्बू जातिलाई सङ्गठित गर्न प्रयत्न गर्ने आधुनिक संस्थाका रूपमा लिन सकिन्छ । भलै, यो संस्था लिम्बूवानभरी विस्तारित रूपमा फिंजिएको भने थिएन ।

लिम्बुवान सुधार संघको नेतृत्व गर्दै चेम्जोङ राजनीतिक र प्राज्ञिक रूपमा सक्रिय भइरहेकै बेला नेपालमा वि।सं। २०१५ मा पहिलो आमनिर्वाचन घोषणा भयो । उनले पनि निर्वाचनमा उठ्न मन गरे । त्यतिखेर जल्दोबल्दो राजनीतिक शक्तिका रूपमा नेपाली काँग्रेस उम्दा अवस्थामा थियो । चेम्जोङको त्यहि पार्टीबाट चुनाव लड्ने मनसुवा थियो । तर वीपी कोइरालाले चेम्जोङलाई नभई गणेशप्रसाद रिजाललाई लिम्बू बाहुल्य क्षेत्र पाँचथरमा नेपाली काँग्रेसको उम्मेदवार बनाए । चेम्जोङ पनि ‘नेपाल प्रजातान्त्रिक महासभा’ नामको पार्टी खोली पाँचथरबाटै आमचुनावमा होमिए । तर जीत भने काँग्रेसी उम्मेदवार रिजालको भयो । यस्तै २०१४ सालमा तिलबहादुर लोक्समको नेतृत्वमा अखिल नेपाल किरात लिग स्थापना भयो । यसले पनि लिम्बू लगायत आदिवासीहरूको अस्तित्व र पहिचानको सवाल उठाएको इतिहास बी।बी। चेम्जोङको ‘पल्लो किरात लिम्बूवानका मागहरू’ ९२०५९ः३७० मा पढ्न पाइन्छ । २००९ साल जेठ २ गते गठन भएको लिम्बूवान सुधार संघले पल्लोकिरातका विभिन्न मागहरू लिएर तत्कालीन राजा त्रिभुवनसमक्ष २००९ साल कात्तिक २५ गते र २०१० साल जेठ २ गते तत्कालीन राजा त्रिभुवनसमक्ष लिम्बूवानका विभिन्न सवालहरूबारे स्मृतिपत्र बुझाएको थियो । लिम्बूवानका सवाल र समस्याका सम्बन्धमा राज्यलाई झक्झक्याउने यो महत्वपूर्ण कदम थियो । लिम्बूवानमा आएको यस्तो जागरणपछि किपटिया लिम्बू प्रतिनिधिहरूलाई राजा महेन्द्रले काठमाडौं बोलाए । वि।सं। २०१३ साल मंसीर १३ गते राजासमक्ष लिम्बूवानका प्रतिनिधि मण्डलका सदस्यहरूले दर्शनभेट पाए । यो प्रतिनिधि मण्डलको नेतृत्व भूतपूर्व गभर्नर ललितबहादुर तुम्बाहाम्फेले गरेका थिए । तुम्बाहाम्फे हालकी कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शिवमाया तुम्बाहाम्फे तथा संघीय प्रतिनिधिसभाका सदस्य विजय सुब्बाका बुबा हुन् ।

यस्तै २०१४ सालमा पनि लिम्बूवानका किपटसम्बन्धी माग लिएर भू।पू। उपमन्त्री देउमान आङ्देम्बेको नेतृत्वमा अर्को प्रतिनिधिमण्डल काठमाडौं पुगी लिम्बूवानसम्बन्धी विभिन्न माग राखेका थिए भन्ने तथ्य भगिराज इङ्नाम र शेरबहादुर इङ्नामको पुस्तक ‘तेह्रथुम जिल्लाको सुब्बाङ्गी प्रथा’ ९२०७०ः२६६–२७५० पढ्दा थाहा हुन्छ । सोही पुस्तक ९पृ।२६३–२६६० अनुसार राणाविरोधी आन्दोलन भइरहेको बेला ‘अखिल नेपाल राष्ट्रिय महासभा’ नामको भूमिगत संगठनले वि।सं। २००४ मा छरेको राणाविरोधी पर्चामा पनि लिम्बूवानको किपटसम्बन्धी सवाललाई प्रमुखताका साथ उठाइएको थियो । माथि उल्लेखित लिम्बूहरूको आधुनिक राजनीतिक तथा सामाजिक संगठनको गतिविधिबाट क्रमशः लिम्बूहरूले आफ्नो हकअधिकारका लागि सामाजिक संस्था निर्माण अभियानको मार्ग निर्माण गर्दै गरेको सङ्केत मिल्छ । तर माथि उल्लेखित लिम्बूजन्य संगठनहरूले दीर्घजीवन भने पाउन सकेनन् । ती संस्थाहरू अहिले अस्तित्वमा छैनन् ।

लिम्बूवानी राजनीतिक चेत

लिम्बूवानको माग गर्दै राजनीतिक दलसमेत खोल्न अगुवाई गर्नेमा वीर नेम्वाङको नाम अग्रपंक्तिमा आउँछ । पञ्चायतकालमै उनले ‘लिम्बूवान मुक्ति मोर्चा’ गठन गरी त्यसलाई सक्रिय बनाए । नेपालीमा पनि राम्रो कलम चलाउने वीर नेम्वाङ लिम्बू मातृभाषी साहित्यिक व्यक्तित्व थिए । एक दिन नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति वैरागी काँइलासँग भेट गर्न सुकेधारास्थित उहाँको घरमा पुग्दा उहाँले यो लेखकसँग वीर नेम्वाङको कुरा निकाल्नुभयो । भन्नुभयो, ‘यदि उनी राजनीतिमा नलागेका भए राम्रो साहित्यकार भएर निस्कने थिए ।’ मातृभाषाप्रतिको समर्पणले उनलाई जेलयात्रा पनि गरायो । पाँचथरमा लिम्बू भाषा कक्षा चलाउँदै गर्दा नेम्वाङसहित चारजना पक्राउ परे । उनीहरूले चार–चार वर्ष जेलयात्रा गरे । त्यसबेला नेम्वाङ केवल १८ वर्षका थिए । यहि मार्मिक अनुभवलाई समेटेर नेम्वाङले ‘भाषिक समस्या अत्यन्तै जटील’ शीर्षकमा ‘कोङ्पी’को वर्ष २ अङ्क ५ ९२०३८ कात्तिकः ११–१३० मा लेख प्रकाशित गरेका छन् । सम्भवतः यहि तोडले उनमा लिम्बूवानी राजनीतिक विषयमा थप चेत खुल्यो । फलस्वरुपः पञ्चायतकालमै उनले आफ्नो राजनीतिक संगठन ‘लिम्बूवान मुक्ति मोर्चा’ स्थापना गरी यसलाई सक्रिय गराए । पञ्चायतकालमा जन्मिएको यो संगठन अहिले पनि सक्रिय रँहदै आएको छ ।

‘विखण्डनकारी’को आरोप

लिम्बूवान मुक्ति मोर्चा, किरात धर्म तथा साहित्य उत्थान संघ तथा पद्मसुन्दर लावती पाँचथर जिल्लालाई आधार बनाएर राजनीतिक तथा धार्मिक रूपमा सक्रिय थिए । त्यतिखेरै काँग्रेसका कार्यकर्ता ९पछि नेता तथा मन्त्री० जयप्रकाश आनन्द पाँचथर पुगे । काँग्रेसी नेता ९पछि मधेशी जनअधिकार फोरमका नेता, हालः भ्रष्टाचारको अभियोग प्रमाणित भई जेल सजायसमेत भुक्तान भएपछि सक्रिय राजनीतिबाट पलायन० जयप्रकाश गुप्ता त्यो बेला जयप्रकाश आनन्दका नाममा पत्रकारितामा सक्रिय थिए । उनी स्थलगत रिपोर्टिङका लागि २०४६ सालको मध्यवर्षादमा पाँचथर पुगे । त्यहाँ रिपोर्टिङ गरी उनले ‘देशान्तर साप्ताहिक’मा वि।सं। २०४६ साउन १ र ८ गते श्रृंखलाबद्ध रूपमा दुईवटा रिपोर्ट छपाए । उनले साउन १ गतेको अंक ९पृ।३०मा ‘लिम्बुआन मुक्तिमोर्चा गुपचुप तर गम्भीर रुपले शिर उठाउँदैछ’ शीर्षकमा आफ्नो रिपोर्ट छापे । यसमा उनले कथित मगुराली र लिम्बूवान संगठनको मातृसंस्था किरात धर्म तथा साहित्य उत्थान संघ धार्मिक क्रियाकलापमा संलग्न रहे पनि यसको पृष्ठभूमिमा मगुराली र लिम्बूवान मौलाउँदै गरेको टिप्पणी गरेका छन् । पञ्चायतकालमा मगर, गुरुङ, राई र लिम्बूलाई छोटकरी रूपमा चिन्न मगुराली शब्द प्रचलनमा ल्याइएको थियो । जयप्रकाश आनन्दले नेपाल र भारतबीच तनाव चर्किरहेको त्यो बेला पाँचथरमा मौलाएको त्यो शक्तिले सोझै लिम्बूवान राज्यका कुरा गर्न थालेको र यसको प्रचार–प्रसार निकै बढेको तर्क गरेका छन् । उनी रिपोर्टिङका क्रममा सुरक्षा स्रोतसम्म पनि पुगेको देखिन्छ । सुरक्षा स्रोतले माथि उल्लेखित संस्थाका गतिविधिहरू नियन्त्रण गर्न खोजेको तर आफूहरूले काँग्रेसको सहयोग लिन नमिल्ने र पञ्चहरू आफूहरूलाई कुनै सहयोग गर्न तयार नरहेको भनी सुरक्षा अधिकारीहरूले आनन्दसँग विवशता पोखेको झल्को पनि यो रिपोर्टिङमा आउँछ ।

पूर्वी नेपालको सीमान्त पर्वतीय जिल्लाहरूमध्ये पाँचथर रणनीतिक महत्वको भएको यस रिपोर्टिङमा उल्लेख छ । पाँचथरदेखि नजिकैको दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनका आन्दोलनकारीसँग लिम्बू संस्कृति र किरात परम्पराको नाममा मितेरी पुल बन्दै गरेको र यसैबाट राष्ट्रिय अखण्डता विखण्डित हुँदै गएको भन्नेसम्मको धारणा राख्न चुकेका छैनन्, जयप्रकाश आनन्द । दार्जिलिङमा अत्यन्तै प्रतिकुलताबीच प्राप्त भएको सफलता र युवाहरूले आर्जन गरेको अर्धसैनिक तालिम र अनुभवलाई कथित लिम्बूवान मुक्तिमोेर्चाले आफ्नो स्वार्थका लागि ऊर्जाको रूपमा नेपालभित्र प्रयोग गर्ने रणनीति बनाएको छ भन्ने आफ्नो मनमा गढेको कुरा राख्दै उनले लेखेका छन्, ‘यी सुरम्य डाँडाहरूको गर्भमा जातीय आतंक र विखण्डनको राष्ट्रघाती वीउ अङ्कुरित हुँदैछ ।’ यो रिपोर्टिङको अध्ययन गर्दा जयप्रकाश आनन्द त्यसबेला व्यावसायिक पत्रकारिताका लागि नभई पत्रकारका रूपमा उनी मिसन पत्रकारिता अन्तरगत परिचालित भई पाँचथर पुगेको महशुस गर्न कुनै कठिनाई छैन ।

चुम्लुङ स्थापनाको पूर्वाधार

जयप्रकाश आनन्दको लिम्बू र लिम्बूवानविरोधी मिसन पत्रकारिताको रिपोर्टिङ ‘देशान्तर’ साप्ताहिकमा दुई सातासम्म लगातार छापिएपछि काठमाडौंमा रही उच्च शिक्षा अध्ययन गर्दै नेतृत्व विकाससमेत गरिरहेका केही विद्यार्थी र पेशाकर्मी लिम्बू युवाहरू भने सचेत भए । उक्त रिपोर्टिङमार्फत् अभिव्यक्त लिम्बू जातिविरोधी धारणाको खण्डन गरेर आफूहरू विखण्डनकारी र साम्प्रदायिक नभएको पुष्टि गर्न एक पर्चा छाप्ने प्रेरणा उनीहरूलाई प्राप्त भयो । उक्त रिपोर्टिङ प्रकाशमा आएको लगत्तै काठमाडौंमा एक पर्चा देखा प¥यो । ‘साम्प्रदायिकताको विरोध गरौं, जातीय उत्थानका लागि एकजुट होऔं’ शीर्षक दिइएको यो पर्चा ‘उपत्यकामा अध्ययनरत विद्यार्थी वर्ग तथा विविध पेशामा संलग्न किरात लिम्बूहरू’को नाममा वितरण गरियो । पर्चामा जयप्रकाश आनन्दको लेख ९रिपोर्टिङ० ले जातीय समस्यालाई हेर्ने, बुझ्ने र समाधान गर्ने दृष्टिकोण र त्यसमा भएको कथित ‘तथ्यपूर्ण’ कुराले लिम्बू जातिप्रति नै अविश्वास र शंकाको दृष्टिकोण उत्पन्न भएको धारणा राखिएको छ । यस रिपोर्टिङले त्यहि अविश्वास र शंकाको घेराबाट लिम्बूलाई अन्य जनजातिका नेपालीले हेर्ने सम्भावनाका निम्ति आधार बन्न सक्ने भएको हुनाले आफूहरूले किराती लिम्बूहरूको तर्फबाट वास्तविक कुरा राख्न आवश्यक भएको पर्चामा उल्लेख छ । ‘यहाँका सबै जातका फूलहरूलाई हुर्कने, फुल्ने अवसर हुनुपर्छ, विविध जनजातिहरूलाई समानस्तरले विकास गर्न वातावरण तथा तिनीहरूको भाषा, लिपी, संस्कृति र धर्मलाई सम्बर्द्धन तथा विकास गर्ने उचित अवसर प्रदान गरेमा नै नेपाली राष्ट्रियताको भावना मजबुत हुन्छ, राष्ट्रिय एकता बलियो बन्छ’, पर्चामा भनिएको छ । पर्चामा मगरहरूको लाङ्घाली संघ, नेवारहरूको मका खलः, तामाङहरूको तामाङ गुठीको उदाहरण पेश गर्दै किरात धर्म तथा साहित्य उत्थान संघले मात्र किरात धर्ममा आस्था राख्ने सबैलाई समेट्न नसकेको पनि उल्लेख गरिएको छ ।

यसले लिम्बूहरूको एउटा छुट्टै संस्था निर्माणको महसुस पनि पर्चामा अभिव्यक्त भएको सङ्केत मिल्छ । चुम्लुङ निर्माणको शुरुआतमा तत्कालीन ‘ब्रुनाई गेस्ट हाउस’को योगदान पनि महत्वपूर्ण छ । यो गेस्ट हाउस ताप्लेजुङका कैलाश मादेनले चलाउँथे । युवा विद्यार्थीहरू त्यहाँ भेला हुने, छलफल गर्ने र पर्चाको ड्राफ्ट तयार गर्ने काममा दत्तचित्त हुन्थे । यसरी पर्चा निकालिएको एक महिनाभित्र नेपाल ल क्याम्पसमा वि।सं। २०४६ भदौ १७ गते लिम्बूहरूको एक भेला सम्पन्न भयो । भेलाले विद्यार्थी राजनीतिको उच्च पदमा पुगी खारिएर आएका व्यक्तित्व नन्द कन्दङ्वाको अध्यक्षतामा ‘किरात याक्थुङ चुम्लुङ नामक लिम्बू जातिको एक सामाजिक संस्था गठन ग¥यो । तदर्थ समितिका रूपमा स्थापित यस संस्थामा उपाध्यक्ष रकम चेम्जोङ, सचिव तेजबहादुर यक्सो, सहसचिव उत्तमसिंह थाङ्देन र कोषाध्यक्ष लक्ष्मी लावुङ चुनिए । यस्तै भीम चोङवाङ, ओमराज सम्बाहाङ्फे, दीपक थेवे, छवि सम्बाहाङ्फे, गोपाल संइता, नरप्रसाद लुङफुङ्वा र टिका सम्बाहाङ्फे संस्थापक सदस्यका रूपमा चुनिए । यसको चार महिनापछि वि।सं। २०४६ पुस २२ र २३ गते त्रिवि, कीर्तिपुरको विद्यार्थी क्लबको हलमा सम्पन्न चुम्लुङको पहिलो अधिवेशनले प्रजातन्त्र सेनानी तथा भूतपूर्व डीआईजी बीबी चेम्जोङको अध्यक्षतामा चुम्लुङको पहिलो कार्यसमिति निर्विरोध रूपमा चयन गर्यो । यहि संस्था अहिले लिम्बू जातिको आधिकारिक सामाजिक संस्थाका रूपमा स्थापित हुन पुगेको छ । यसका शाखा र भाईचाराहरू देश–विदेशमा क्रियाशील छन् । यसअघि त्यसबेला त्रिभुवन विश्वविद्यालयमा उच्च शिक्षा लिइरहेका सिद्धि तुम्बाहाङ्फेको नेतृत्वमा पनि लिम्बूहरूको यस्तो संस्था बनेको थियो । तर संस्थाले विस्तारित रूपमा गति लिन सकेन, अर्थात् निष्क्रिय भयो । संस्था जे–जस्तो अवस्थामा भए पनि संस्था निर्माण अभियानमा उनको योगदान एउटा अविस्मरणीय यात्राको रूपमा सम्झना गर्नुपर्ने हुन्छ । आदिवासी लिम्बूको संस्था निर्माणको प्रक्रियामा लिम्बू अग्रणीहरू इमानसिंह चेम्जोङ, तिलबहादुर लोक्सम तथा वीर नेम्वाङ जस्तै सिद्धि तुम्बाहाम्फे पनि स्मरणीय महत्वका व्यक्तित्व हुन् ।