कुवेतका उपाध्यक्ष थाम्सुहाङलाई नेपालमा स्वागत
मिति २०७७ असोज २५ गते । किरात याक्थुङ चुम्लुङ नेपालको केन्द्रीय कार्यालय ललिपुरमा कियाचुको कुवेतका उपाध्यक्ष नरेन्द्र थाम्सुहाङलाई स्वागत भेटघाट गरिएको छ । महासचिव निरन्ती तुम्बापो, भूपू महासचिव गोविन्द आङबुङबाट वहाँलाई स्वागत गरी भेटघाट गरिएको थियो । भेटमा कियाचु नेपाल र कियाचु कुवेत बीचको सहकार्य र समन्वयको बारेमा छलफल तथा प्रष्टता भएको थियो ।