पुरस्कार छनौट निर्णायक समितिहरु गठन

मिति २०७७ कात्तिक १४ गते । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालय अन्तर्गतका किरात शिरिजंगा पुरस्कार, इमानसिंह चेम्जोङ पुरस्कार र उदयकला पुरस्कारको लागि पुरस्कार छनौट निर्णायक समितिहरु गठन भएका छन् । किरात याक्थुङ चुम्लुङ केन्द्रीय सचिवालयको अध्यक्ष योगराज लिम्बु वनेमको अध्यक्षतामा बसेको जुम भर्चुअल केन्द्रीय सचिवालयको बैठकले गठनका उक्त निर्णयहरु गरेको हो ।
साल २०७७मा सम्बन्धित विभूतिहरुको जन्मजयन्तीमा वितरण हुने गरी पुरस्कृत व्यक्ति तथा कृति छनौट गर्नको लागि किरात शिरिजंगा पुरस्कार छनौट निर्णायक समितिको लागि संयोजकमा चुम्लुङ केन्द्रीय सल्लाहकार तथा वरिष्ठ पत्रकार धरान निवासी हर्ष सुब्बा सहित सदस्यहरुमा तिलविक्रम चेम्जोङ धनकुटा, इक्सा सम्बाहाङफे झापा, डा. रमेश इजम धरान र सदस्य सचिवमा चुम्लुङ केन्द्रीय सचिव डा. योगेन्द्र पालुङवा रहनुभएको छ । इमानसिंह चेम्जोङ पुरस्कार छनौट निर्णायक समितिको लागि संयोजकमा वरिष्ठ लिम्बु भाषा साहित्यकार फेदेन निवासी राजेन्द्र जेबगु सहित सदस्यहरुमा सेसेहाङ फियाक झापा, राधा चोङबाङ ललितपुर, टिआर सेनेहाङ तेह्रथुम र सदस्य सचिवमा चुम्लुङ केन्द्रीय सचिव चन्द्र आङदेम्बे रहनुभएको छ । त्यसैगरी उदयकला पुरस्कार छनौट निर्णायक समितिको लागि संयोजकमा केन्द्रीय सल्लाहकार वरिष्ठ लिम्बु संस्कृतिकर्मी काठमाडौं निवासी याम पयाङ्गु सहित सदस्यहरुमा बुद्ध इङवा पान्थर, सुरज मादेन ताप्लेजुङ, झुमा वनेम काठमाडौं र सदस्य सचिवमा चुम्लुङ केन्द्रीय सचिव यासेली योङहाङ रहनुभएको छ ।