2021-01-24

स्व गजेन्द्र इस्वोप्रति श्रद्धाञ्जली

किरात याक्थुङ चुम्लुङ केन्द्रीय सल्लाहकार स्व गजेन्द्र इस्वो ज्युको फजे सुधाइ विधि मिति २०७७ कार्तिक २३ गते आइतबार सप्पन्न हुने भएकोले, सोही दिन केन्द्रीय कार्यालय चुम्लुङ हिम ललितपुरमा ठिक ११ बजे शोक सभा सम्पन्न हुने भएकोले विश्व महामारीलाई मध्यनजरको साथ सामाजिक दुरि कायम गरी शारीरिक रूपमा अनुकूलता मिल्ने शुभेच्छुकमा उपस्तिथिको भई वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरियो ।

मिति २०७७/७/१८ गते शोक विज्ञप्ति

किरात याक्थुङ चुम्लुङ केन्द्रीय सल्लाहकार गजेन्द्र इस्वोको असामयिक निधनले हामीलाई स्तब्ध एवम् दुखी बनाएको छ । यस दुखद घडीमा मृतक आत्माकोे चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछांै र शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । मिति २०१४/०३/०४ गते साविक खाम्लालुङ –४ हाल आठराइ गाउँ पालिका वार्ड नं.२ तेह्रथुम जिल्ला बुबा कालुहाङ इस्बो र आमा कृष्णमाया फोम्बोको कोखबाट जन्मनु भएका गजेन्द्र इस्बो हाल धरान–१५ सुनसरीमा बसी विभिन्न सामाजिक गतिविधिहरुमा संलग्न हुनुहुन्थ्यो ।

किरात याक्थुङ चुम्लुङको संगठन जीवनमा मुख्यतः धरानस्थित किरात याक्थुङ चुम्लुङको धरान चुम्लुङ हिम निर्माणमा वहाँले ठुलो योगदान गर्नु भएको थियो भने धरान सुनसरी हुँदै पूर्व लिम्बुवान क्षेत्रमासकृय हुनुहुन्थ्यो । नगर,जिल्ला हुँदै राष्टित्रय पार्षद, केन्द्रीय सदस्य, केन्द्रीय सचिव पदमा क्रियाशिल गजेन्द्र इस्बो चुम्लुङ जीवनमा मात्र नभई भूतपूर्व गोर्खा सैनिक आन्दोलन र यससँग सम्बन्धित सृजनात्मक क्रियाकलापहरुको अगुवा, सामाजिक–साँस्कृतिक अभियन्ता, पहिचान पक्षधर, आदिवासी जनजाति आन्दोलनकारी, स्थानिय विकास निर्माणमा अग्रिणी भूमिकामा रहनु हुनुहुन्थ्यो । वहाँको निधनले सामाजिक–साँस्कृतिक,राजनितिक,भूपू गोर्खा सैनिक आन्दोलन,स्थानीय विकास निर्माणमा अपुरणीय क्षति पुग्न गएको छ ।

योगराज लिम्बू वनेम अध्यक्ष, केन्द्रीय कार्य समिति