2021-02-01

कियाचु बहराइनबाट आत्मनिर्भर कोषमा रकम प्रदान

मिति २०७७ कात्तिक २७ गते तद्अनुरुप २०२० डिसेम्बर १२ तारिख किरात याक्थुङ चुम्लुङ नेपालको केन्द्रीय कार्यालयमा कियाचु केन्द्र आत्मनिर्भर अक्षयकोष संकलन अभियान अन्तर्गत किरात याक्थुङ चुम्लुङ बहराइनले पठाएको रकम रु १ (एक) लाख हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । कियाचु केन्द्र आत्मनिर्भर अक्षय कोषमा उक्त रकम प्रदान गरेर कियाचु बहराइन ‘चुम्लुङ उत्कृष्ट सहयोग दाता’ को रुपमा स्थापित भएको छ । कियाचु नेपालको केन्द्रीय कार्यालयमा प्राप्त रकमको चेक केन्द्रीय अध्यक्ष योगराज लिम्बु वनेमले चेक सार्वजनिक गर्नु भएको छ । उत्कृष्ट सहयोग दाता कियाचु बहराइनलाई कियाचु नेपालको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

कियाचु नेपालले वि.सं. २०७५(सन्२०१९) सालमा कियाचु केन्द्र आत्म–निर्भर अक्षय कोष संकलन अभियानको लागि निम्नानुसारको अपील गरेको छ ।

अभियानको आवश्यकता : किरात याक्थुङ चुम्लुङ (कियाचु) ३० औं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कियाचुले संस्थागत विकासको क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको छं । जिल्ला—जिल्लामा चुम्लुङ भवनहरु बनाई आ–आफ्नो कार्यालय स्थापना गरी संस्थागतरुपमा विविध क्रियाकलापहरु संचालन गर्नसकेको अवस्था छ । त्यसैगरी कियाचु केन्द्रसँग सदस्यता शुल्कबाट हालसम्म संकलित ३६ लाख रुपैयाँको अक्षय कोष हुनु र सोबाट आउने ब्याजले दैनिक कार्यालय व्यवस्थापन तथा सामान्य कार्यक्रमहरु सञ्चालन गर्न सकेको अवस्था छ । दैनिक कार्यालय व्यवस्थापन तथा सामान्य कार्यक्रमहरु गर्नका लागि अक्षय कोष एक श्रोत भएता पनि संस्थागत विकासका अन्य महत्वपूर्ण गतिविधिहरु संचालन गर्नका निमित्त हालसम्म आप्mनो स्थायी वैकल्पिक श्रोत वा कोषको व्यवस्था गर्न सकिएको छैन । नेतृत्व, शीप, दक्षता विकासलाई समयानुकुल प्रबद्र्धन गर्दै आर्थिक, सामाजिक तथा साँस्कृतिक अभियानहरु, हक अधिकार सम्बन्धी जनचेतनामूलक अभियानहरु, राजनैतिक जागरण अभियानहरु निरन्तररुपमा संचालन गर्न सक्नु आजको आवश्यकता हो । त्यसैगरी मानव संसाधनको विकास र परिचालन गर्दै राज्यको नीतिहरुमा प्रभाव पार्ने नीतिगत प्रशिक्षण, अधिकारमुखी प्रशिक्षण, जनपैरवी, लबीङको पनि उत्तिकै जरुरी छ । साथै समसामयिक सवालहरुमा बृहत बहसकासाथै परामर्श बैठकहरु, मुद्दाहरुको अध्ययन र अनुसन्धान लगायत दस्तावेजिकरण गर्ने लगायतका विविध रचनात्मक गतिविधिहरु नियमितरुपमा गरिरहनुपर्ने हुन्छ । एकातिर यी उल्लेखित गतिविधिहरु संस्थामा आवद्ध सदस्यहरु, अभियन्ता, विज्ञ, शुभचिन्तक, महिला, युवा र विद्यार्थीहरुलाई परिचालन गरी वर्तमान नेपालको नयाँ राज्य संरचना अनुरुप प्रदेश हुदै नगरपालिका र गाउँपालिका तहसम्मै पुग्ने पुरयाउने अपेक्षा राखिएको छ भने अर्कातिर यस अपेक्षालाई मुर्तरुप दिनका लागि दिगो आर्थिक श्रोतको जोहो गर्नु आजको आवश्यकता भएकोछ । तसर्थ कियाचु ३० औं वर्ष पुगेको सन्दर्भमा संस्थालाई एक दीगो, सक्षम र स्वावलम्वी संस्थाको रुपमा स्थापित गराउन दशौ महाधिवेशनको म्यानडेट र ‘तीन बर्षे नीति तथा कार्यक्रम (२०७४–२०७७)’ अनुसार यो आत्मनिर्भर अक्षय कोष स्थापनार्थ विशेष अर्थ संकलन अभियान अगाडी सारिएको छ । यो चरणको अभियानबाट एक करोड रुपैयाँको अक्षय कोष खडा गर्ने लक्ष्य राखिएको छ । यो अक्षय कोषबाट प्राप्त ब्याज आम्दानीबाट माथि उल्लेखित रचनात्मक एवम् अभियानमुलक गतिविधिहरु सञ्चालनमा खर्च गरिनेछ ।

आत्मनिर्भर अक्षय कोष संकलन अभियान : यो अभियानको लागि कियाचु केन्द्रको अध्यक्षको संयोजकत्वमा एक विशेष समिति गठन गरी परिचालन गरिने छ । देश भित्र र विदेशमा अभियानलाई सफलतापूर्वक समन्वय र पारदर्शिरुपमा संचालन गर्न उक्त समितिका सदस्यहरुलाई विशेष जिम्मेवारी प्रदान गरिने छ । अभियान मार्फत सबै शुभेच्छुकहरुबाट रकम संकलन गरिनेछ । रु. एक लाख प्रदान गर्नेलाई चुम्लुङ उत्कृष्ट सहयोग दाता सम्मान पत्र र रु. पाँच लाख प्रदान गर्नेलाई चुम्लुङ गौरवशाली सहयोग दाता सम्मान पत्र तथा अभिनन्दनको व्यवस्था गरिनेछ । सहयोग दाता मध्ये लिम्बुको हकमा संस्थाको विशिष्ट संरक्षक सदस्य र गैर लिम्बुको हकमा मानार्थ सदस्यता प्रदान गरिनेछ । अभियानको क्रममा स्मृति कोषको रुपमा आफनो परिवारजनको नाममा नेरु १ (एक) लाख भन्दा बढीको स्मृति कोष खडा गरी सहभागी गराउन सकिनेछ । यसको लागि नियम र सम्झौता दुवै पक्षको सहमतिमा तयार गरी कार्यान्वयन गर्न सकिनेछ ।

विदेश चुम्लुङ : यो अभियानमा विदेश चुम्लुङहरुको सक्रियता तथा सहभागिताको विशेष आशा राखिएको छ । प्रत्येक विदेश चुम्लुङबाट प्राप्त सहयोगलाई पारदर्शीरुपमा यस अक्षय कोषको अभिलेखमा सूचीकरण गरिनेछ, प्रमाण पत्रहरु दिइनेछ । यो अभियानको बारेमा तान्छोप्पा पत्रिकामा नियमितरुपमा परिशिष्टांक प्रकाशन गर्ने जसमा, र चुम्लुङ वेभसाइटमा सबै गतिविधिहरु अद्यावधिक गरिनेछ । अन्तमा एक स्मामिरका प्रकाशन गरिनेछ । जसमा सबै दाताहरुको रकम सहितको विवरण, गतिविधिहरु र उपलब्धीहरु समेटिएको हुनेछ । तत्कालका लागि यो अभियान केन्द्रीय आत्मनिर्भर अक्षय कोष निर्माणका लागि चलाइएको भएता पनि भविष्यमा प्रदेश, जिल्ला वा स्थानीय तहहरुमा समेत यस प्रकारको कोष स्थापना गर्नका लागि अभियान चलाउन सबैलाई अभिप्रेरित गरिनेछ ।

वार्षिक योजना तर्जुमा बैठक : कोषको आम्दानीबाट बजेट तथा कार्यक्रम बनाउनको लागि वार्षिकरुपमा योजना तर्जुमा बैठक आयोजना गरिनेछ । बैठकमा मुख्य सहयोग दाताहरु, विज्ञहरु, सरोकारवालाहरुको सहभागिता सुनिश्चित गरिनेछ । रकम जम्मा र पारदर्शिता : (क) नेपाल बैंक लिमिटेडमा रहेको खाताको नाम किरात याक्थुङ चुम्लुङ खाता नं. ०३४००१०००७३९८८०००००१ वा (ख) गोर्खा फाइनान्स लिमिटेडमा रहेको खाताको नाम किरात याक्थुङ चुम्लुङ खाता नं. १०१००११००६३५८५२४ जम्मा गर्न सकिनेछ । प्राप्त हुन आएको सहयोग रकमको अध्यावधिक स्थिति त्रैमासिक रुपमा विभिन्न माध्यमवाट सार्वजनिक गरिनुका साथै कियाचु केन्द्रको प्रत्येक वैठकहरुमा यसलाई एजेण्डाकोरुपमा राखी पारदर्शी बनाइनेछ ।

देश र विदेशमा रहनुभएका लिम्बु लगायत अन्य शुभेच्छुक सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुले विगतदेखि हालसम्म कियाचुको संस्थागत विकासका निम्ति गर्दै आउनु भएको आर्थिक तथा भौतिक सहयोग र योगदानको उच्च मूल्याङ्कन गर्दै यसपटक पनि यो ‘कियाचु केन्द्र आत्म–निर्भर अक्षय कोष’ निर्माणमा यहाँहरुवाट आवश्यक सहयोग हुनेछ भन्ने विश्वासका साथ थप सहयोगका लागि हार्दिक अपील गरिएको छ । यहाँहरुको साथ र सहयोगवाट कियाचुलाई दिगो र लिम्वूहरुको सामाजिक, साँस्कृतिक तथा बौद्धिक विकासको एक साझा मञ्चको रुपमा स्थापित गर्दै भावी सन्ततिका लागि लिम्वूजन्य मूर्त तथा अमूर्त सम्पत्तिहरुको संरक्षण गर्न आवश्यक भएको छ र सो पुरा गर्नु आज तपाई हाम्रो मूल कर्तव्य पनि हो ।