2021-02-10

आङबुङ स्मृति छात्रवृत्ति पुरस्कार वितरण

यस साल २०७७ मा कियाचु–स्व. देबी बहादुर आङ्बुङ स्मृति अक्षय कोष अन्तर्गत छात्रवृत्तिहरु वितरण गरिएको छ । मिति २०७७ भदौ १७ गते किरात याक्थुङ चुम्लुङको ३२ औं स्थापना दिवसको अवसरमा सुनसरी जिल्लामा कियाचु–स्व. देबी बहादुर आङ्बुङ स्मृति अक्षय कोष अन्तर्गतको छात्रवृत्ति रकम धरान उच्च मावी कक्षा १२ मा अध्यनरत जेहेन्दार छात्रा सेसेमा खापुङलाई रु १०,००० (दस हजार) रुपैया कार्यक्रमको अतिथि केन्द्रीय सल्लाहकार चन्द्रामाया लिम्बुज्युले वितरण गर्नुभएको थियो । मिति २०७७ मंसिर १२ गते ।

किरात याक्थुङ चुम्लुङको ३२ औं स्थापना दिवसको अवसरमा सङखुवासभा जिल्लाबाट वितरण छात्रवृत्ति विश्व महामारी कोभिड १९को कारण अलिक ढिलो वितरण भएको जानकारी गर्दछौं । कियाचु संखुवासभा जिल्लाबाट कियाचु–स्व. देबी बहादुर आङ्बुङ स्मृति अक्षय कोष अन्तर्गतको छात्रवृत्ति रकम मादी नगरपालिका विनोद उच्च मावि कक्षा १२ मा अध्यनरत छात्र पुर्ण कुमार लिम्बुलाइ रु १०,००० (दश हजार) रुपैया केन्द्रीय सदस्य शान्ता लिम्बु ज्युको उपस्थितिमा विद्यालयको हेड मास्टर मेघनाथ गुरुङ ज्युले वितरण गर्नु भएको थियो ।

यस सालदेखि कियाचु–स्व. देबी बहादुर आङ्बुङ स्मृति अक्षय कोषको मुद्दती खाताको मुल राशीलाई रु ३,५५,०००।– (तीन लाख पचपन्न हजार रुपीयाँ मात्र) बनाइएको छ । सो कार्यको लागि कोषका संरक्षक राज बहादुर राईज्युबाट रु १५,०००।–, नियमावली अनुसार कोषमा प्राप्त बचत भएको ब्याज र मुलधनको रकमबाट जम्मा गरिएको हो । शिक्षा क्षेत्रमा लगानी गर्नुभएको कार्यको कोषका संस्थापक परिवार एवम् कोष संरक्षक प्रति मुरीमुरी प्रशंसा गरिएको छ ।