खेममाया छात्रवृत्ति पुरस्कार वितरण

यस साल २०७७मा कियाचु–श्रीमती खेममाया सिंघक आङबुङ अक्षय कोष अन्तर्गत छात्रवृत्तिहरु वितरण गरिएको छ । मिति २०७७ भदौ १७ गते किरात याक्थुङ चुम्लुङको ३२ औं स्थापना दिवसको अवसरमा कियाचु इलाम जिल्लाबाट कियाचु–श्रीमती खेममाया सिंघक आङबुङ अक्षय कोष अन्तर्गतको छात्रवृत्ति रकम माङसेबुङ २ चिसापानी मावी कक्षा १२ मा अध्यनरत गरिब जेहेन्दार छात्रा भुमिका लिम्बुलाइ रु १०,००० (दस हजार) रुपैया कार्यक्रम प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष याम योङ्हाङ ज्युले वितरण गर्नु भएको थियो ।
किरात याक्थुङ चुम्लुङको ३२ औं स्थापना दिवसको अवसरमा वितरण गर्नुपर्नेमा विश्व महामारी कोभिड १९को कारण अलिक ढिलो भएको जानकारी गर्दछौं । कियाचु संखुवासभा जिल्लाबाट कियाचु–श्रीमती खेममाया सिंघक आङबुङ अक्षय कोष अन्तर्गतको छात्रवृत्ति रकम सोभापोखरी त्रिवेणी मावि कक्षा १२ मा अध्यनरत गरिब जेहेन्दार छात्रा प्रकृती सुब्बा लिम्बुलाइ रु १०,००० (दस हजार) रुपैया कार्यक्रमको अतिथिबाट वितरण भएको थियो ।
त्यसैगरी यस सालदेखि कियाचु–श्रीमती खेममाया सिंघक आङबुङ अक्षय कोषको मुद्दती खाताको मुल राशीलाई रु ३,५५,०००।– (तीन लाख पचपन्न हजार रुपीयाँ मात्र) बनाइएको छ । सो कार्यको लागि कोषका संरक्षक राज बहादुर राईज्युबाट रु १५,०००।–, नियमावली अनुसार कोषमा प्राप्त बचत भएको ब्याज र मुलधनको रकमबाट जम्मा गरिएको हो । शिक्षा क्षेत्रमा लगानी गर्नुभएको कार्यको कोषका संस्थापक परिवार एवम् कोष संरक्षक प्रति मुरीमुरी प्रशंसा गरिएको छ ।