2021-02-14

जनगणनामा केन्द्र प्रदेश जुम प्रशिक्षणहरु सम्पन्न

किरात याकथुङ चुम्लुङ केन्द्रिय कार्यालयले राष्ट्रिय जनगणना २०७८ कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको छ । उक्त कार्ययोजना अनुसार किरात याक्थुङ चुम्लुङ नेपालको धारणा लिखित र भिडियो अपील जारी गरिसकेको छ । अपीलमा उल्लेखित संस्थागत धारणा, कार्ययोजना र उक्त कार्ययोजना व्यवस्थित तथा संगठित तवरले लागू गर्ने गराउने बारेमा तत् तत् समितिहरुको भूमिका बारेमा स्पष्ट पार्न संस्थाको सबै तह समितिहरुको प्रतिनिधिहरुलाई सहभागी गराई जुम भर्चुअल माध्यमबाट पाचौं चरणहरुमा केन्द्रीय प्रशिक्षण कार्यक्रमहरु सम्पन्न भएका छन् ।

मिति २०७७ मंसिर १६ गते मंगलबार प्रथम चरणको केन्द्रीय प्रशिक्षणमा कियाचु नेपालका सबै पदाधिकारी तथा सदस्यहरुको सहभागितामा सम्पन्न भएको थियो । उक्त प्रशिक्षणमा अध्यक्ष योगराज लिम्बु वनेमले कियाचु नेपालको धारणा, उपाध्यक्ष डा कमल तिगेलाले कार्ययोजनाको बारेमा प्रस्तुति भयो । प्रस्तुति पश्चात् आफना जिज्ञासा एवम् सुझावहरुको लागि सहभागी केन्द्रीय सल्लाहकारहरु, पदाधिकारी तथा सदस्यहरुले आआफनो विचार राख्नुभयो । प्रशिक्षण कार्यक्रममा भाषाको रुट, गणकहरुमा प्लस टु अध्ययनरत लिम्बु विद्यार्थीहरुलाई अधिकतम प्रेरित गर्ने, कार्ययोजना अनुसार केन्द्रबाट समयमा नै सर्कुलर गर्ने, सबैले सामाजिक सञ्जालहरुको अधिकतम शेयर गर्ने, गाउँ तथा नगर तहसम्म जिल्लामा रहनुभएका केन्द्रीय सदस्यहरु लाग्नुपर्ने, जिल्लास्थित संस्थाहरुसँग समन्वय गरेर जाने, आगामी पुस्तालाई प्रष्ट पार्ने कार्यहरु गर्नुपर्ने सुझावहरु आएका थिए । ।

मिति २०७७ मंसिर १७ गते बुधबार दोश्रो चरणको केन्द्रीय प्रशिक्षणमा कियाचु नेपालको राष्ट्रिय चुम्लुङ सदस्यहरु, विषयगत संगठन पदाधिकारी सदस्यहरु सहभागितामा सम्पन्न भएको थियो । उक्त अनलाइन माध्यमबाट सम्पन्न प्रशिक्षणमा सहभागीहरुबाट जोखम तथा सुरक्षा, खट्ने साधनश्रोतको अभाव, अभियन्ताहरु अलमलमा नपर्ने, चुम्लुङको धारणाहरु राख्दै जाने, अनगमनको फर्मेट बनाउने, धेरै बहसहरुले अलमलमा पार्ने हुदाँ स्पष्ट संक्षिप्त अपीलहरु बाँड्ने, कियाचु भित्रको जिम्मेवार व्यक्तिहरुले अलमल पार्ने विचार र गतिविधिहरु गर्न नहुने, गरेमा सच्च्याउन आआफनो तहबाटै पहल गर्ने, विद्वानहरुसँग परामर्श छलफल गर्दै जाने, साझा अभियानमा लागौं भन्ने मन्तव्यहरु आएका थिए ।

मिति २०७७ मंसिर १९ गते शुक्रबार तेश्रो चरणको केन्द्रीय प्रशिक्षमा प्रदेश पदाधिकारी सदस्यहरु सहभागितमा सम्पन्न भएको थियो । उक्त प्रशिक्षणमा फरक धारणा राख्नेहरुलाई सम्झाउने, चुम्लुङका अधिकतम विचारहरु प्रवाह गर्ने, सामाजिक सञ्जालमा सवत्र कमेन्ट नगर्ने नलेख्ने, जिम्मेवार प्रस्तुत हुने, पहिचानमा संकट, सरकारी श्रेस्तामा कायम भएको, जनगणनाको रणनीतिक अर्थहरु बुझौं, मैत्री किसिमले अभियान चलाऔं भनी सुझावहरु आएका थिए ।

सबै जुम भर्चुअल प्रशिक्षण कार्यक्रमहरुको कियाचु नेपालको महासचिव निरन्ती तुम्बापोबाट बैठक सञ्चालन, अध्यक्ष योगराज लिम्बु वनेमबाट बैठक अध्यक्षतामा सम्पन्न सबै चरणका प्रशिक्षण कार्यक्रमहरु बेलुकी ६ बजेदेखि ९ बजेसम्म चालु भएका थिए ।