2021-02-14

जनगणनामा जिल्ला गाउँ जुम प्रशिक्षणहरु सम्पन्न

मिति २०७७ मंसिर २४ गते जुम भर्चुअल प्रशिक्षणहरुको क्रमबद्ध सृखंला अनुसार यो चौथो चरणको केन्द्रीय प्रशिक्षणमा जिल्लापदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो । कियाचु नेपाल अन्तर्गतका ललितपुर, झापा, इलाम, काठमाडौं, भक्तपुर, धनकुटा, संखुवासभा, सुनसरी, पान्थर, चितवन जिल्ला समितिबाट पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । सहभागीहरुबाट लान्छाना प्रति सचेत हुने डील गर्ने, अध्ययन तर्क सामाग्रीहरु तयार गरी तल्लोस्तरमा खटिने, रेडियो एफएम टिभी पत्रिकाहरुको प्रयोग, धार्मिक विवादमा संयन्त्र बनाउने, गणकहरुसँग अन्तरक्रिया, वडा गाउँ तहसम्म पुग्नुपर्ने, आदिवासीको मुद्दा व्यक्तिगत नभई सामुहिक भन्ने बुझी सामुहिक कुराको लागि पनि धर्म जातिको सामुहिक पहिचानमा बोल्नुपर्ने, विवेकपूर्ण लडाइले मात्र उपलब्धीहरु नगुम्ने कुरा फिल्डमा लगेर जाने विचारहरु आएका थिए ।

मिति २०७७ मंसिर २६ गते शुक्रबार पाँचौं चरणको गाउँ नगर स्तरको जुम भर्चुअल प्रशिक्षण सम्पन्न भएको छ । सो प्रशिक्षणमा गाउँ नगर पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो । सहभागीहरुले कार्यक्रमहरुमा सहभागिता न्युन हुनु, चुम्लुङ द्वन्द्वमा फस्नु, लचक हुनुपर्ने, बुद्धिजीविहरु समेत विवादमा भएकाले निरन्तर छलफल, समाज विभाजन हुने नै भो तर संस्थाले समन्वय गरेर जानुपर्ने, चुम्लुङका गतिविधिहरु सुस्त, हामीबीच होइन राज्यसत्तासँग लडनुपर्ने, कोभिड महामारीबाट सावधान रहदै कार्यक्रमहरु डिजायन गर्ने, भिडियो अपील गाउँ गाउँमा सुनाउनुपर्ने, संख्याले हिस्सेदारी खोज्दा दीर्घकालिन असर र अर्थ राख्दछ भन्ने विचारहरु आएका थिए ।

मिति २०७७ माघ ७ गते मंगलबार छैटौं र अन्तिम चरणको जुम भर्चुअल प्रशिक्षण सम्पन्न भयो । उक्त प्रशिक्षणमा अघिल्ला चरणहरुमा छुटेका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । किरात याकथुङ चुम्लुङ केन्द्रिय कार्यालयले तयार गरी कार्यान्वयन गरिरहेको ‘राष्ट्रिय जनगणना २०७८ कार्ययोजना’ अनुसार माथि उल्लेखित जुम भर्चुअल प्रशिक्षणहरु सम्पन्न भएका हुन् । उक्त कार्ययोजना अनुसार किरात याक्थुङ चुम्लुङ नेपालको धारणा लिखित र भिडियो अपील जारी गरिसकेको छ । अपीलमा उल्लेखित संस्थागत धारणा, कार्ययोजना र उक्त कार्ययोजना व्यवस्थित तथा संगठित तवरले लागू गर्ने गराउने बारेमा तत् तत् समितिहरुको भूमिका बारेमा स्पष्ट पार्न संस्थाको सबै तह समितिहरुको प्रतिनिधिहरुलाई सहभागी गराई जुम भर्चुअल माध्यमबाट पाचौं चरणहरुमा केन्द्रीय प्रशिक्षण कार्यक्रमहरु सम्पन्न भएका छन् । सबै जुम भर्चुअल प्रशिक्षण कार्यक्रमहरुको कियाचु नेपालको महासचिव निरन्ती तुम्बापोबाट बैठक सञ्चालन, अध्यक्ष योगराज लिम्बु वनेमबाट बैठक अध्यक्षतामा सम्पन्न सबै चरणका प्रशिक्षण कार्यक्रमहरु बेलुकी ६ बजेदेखि ९ बजेसम्म चालु भएका थिए ।