2021-02-28

जनगणना प्रोफाइल फ्रेम र जिल्ला अपीलहरु जारी

मिति २०७७ मंसिर ३० गते । किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यसमितिको आयोजनामा राष्ट्रिय जनगणना २०७८ को लागि फेसबुक प्रोफाइल फ्रेमको प्रारम्भ आजबाट शुरूवात गरिएको छ । जिल्लाहरु झापा, सुनसरी, मोरङ, इलाम, पान्थर, संखुवासभा, तेह्रथुम, ललितपुर, केन्द्रीय कार्यालय लगायतबाट उक्त जनगणनासँग सम्बन्धित फेसबुक प्रोफाइल फ्रेम सबै चुम्लुङ पदाधिकारी तथा सदस्यहरु, शुभचिन्तकहरुले सेट गर्दै प्रचारप्रसार गरिएको हो । जनगणमा मजबुत, विश्वाशनिय लिम्बु जनसंख्या निर्माणको लागि राष्ट्रिय जनगणनामा सबै सहभागी बनौं । भन्ने नारासाथ उक्त काम शुरुवात भएको छ । उक्त प्रोफाइल फ्रेममा किरात याक्थुङ चुम्लुङको लोगो, राष्ट्रिय जनगणना २०७८को लोगोसहित ‘जातजातिमा लिम्बु, पुख्र्यौली भाषामा लिम्बु, मातृभाषामा लिम्बु, दोश्रो भाषामा नजीकको आदिवासी जनजातिको मातृभाषा, धर्ममा किरात’ लेखिएको छ । सम्पूर्ण आदिवासी लिम्बु समुदायमा राष्ट्रिय जनगणनाको फेसबुक प्रोफाइल फ्रेम सेट गर्न हुन लुङमेन्दिङ् अनुरोध गर्दछौं ।

यसका साथै सोही दिन कियाचु ललितपुर र झापाबाट सम्बन्धित जिल्लावासीहरुको नाममा जनगणना सम्बन्धी अपीलहरु जारी भएका छन् । उक्त अपीलमा जिल्लावासीहरुलाई हित ‘जातजातिमा लिम्बु, पुख्र्यौली भाषामा लिम्बु, मातृभाषामा लिम्बु, दोश्रो भाषामा नजीकको आदिवासी जनजातिको मातृभाषा, धर्ममा किरात’ लेखौं लेखाऔं भनिएको छ । यसैगरी आगामी दिनमा सबै प्रदेश तह, जिल्ला तह, गाउँ नगर तहबाट पनि अपीलहरु जारी हुनेछन् ।