2021-03-01

केन्द्रीय सल्लाहकारहरुसँग परामर्श बैठक सम्पन्न

 

मिति २०७७ pus ९ गते किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालयले आफनो सल्लाहकारहरुसँग परामर्श बैठक सम्पन्न गरेको छ । जुम भर्चुअल मार्फत सम्पन्न उक्त बैठकमा सल्लाहकारहरु ललितपुरका मञ्जुल याक्थुम्बा, अर्जुन लिम्बु, काठमाडौंका डा. चैतन्य सुब्बा, याम पयाङ्गु, उत्तमसिं थाङदेन, सुनसरीका दुर्गामाया लिम्बु, चन्द्रमाया लिम्बु, नरप्रसाद लिम्बु, हर्ष सुब्बा, अक्कल बहादुर मेन्याङबो, झापाका जीत बहादुर लावती सहभागी हुनुभएको थियो । उक्त बैठकमा राष्ट्रिय जनगणना २०७८ को कार्ययोजना कार्यान्वयन समिक्षा, कियाचुको ११ औं राष्ट्रिय महाधिवेशन मिति सार्ने सम्बन्धमा, वर्तमान प्रतिनिधिसभा विघटन पश्चात्को राजनीतिक घटनाक्रम प्रति चुम्लुङको दृष्टिकोण लगायतका मुख्य विषयहरुमा राय परामर्श भएको थियो ।

सल्लाहकारहरुबाट याक्थुङबा हराउनुभएन, देश भड्खालोमा गएको प्रति सचेत, धर्मको बारेमा आएका विविध एप्रोचहरु समयअनुसार कन्सोलिडेट गर्दै जाने, बहसहरु चुम्लुङका राष्ट्रिय महाधिवेशनमा उठाउनुपर्ने, वर्तमान राजनीतिक चेतनाको लागि मूलधारको राजनीतिमा सरोकार देखाउनुपर्ने, गाउँगाउँमा सचेतना, जनगणना सकेपछि मात्र महाधिवेशनबारे सोचौं, सत्यहाङ विधि पहिरन नलगाउने लारुम्बा नजाने भएतापनि किरात लेख्दै गरेको कुरा स्पष्ट बाहिर ल्याउने, चुम्लुङले विभिन्न चुनौतीहरु भोग्दै आएको र हालका चुनौतीहरु पनि सामना एवम् समाधान गर्दै जानुपर्ने, बुद्धिजीविहरुसँग खुला कुराकानी गर्दै जाने, परिस्थितिले पनि महाधिवेशन सार्नुपर्ने अवस्था देखियो, हाम्रो लडाई राज्यसँग हो आफू बीच होइन भन्ने बुझौं, चुम्लुङ पदाधिकारीहरुको अस्पष्ट विचार एवम् व्यवहारले अलमल आएको अनुभूति, असंवैधानिक तथा प्रतिगमनकारी राजनीतिक कदमको विरोध गरौं, स्थापनाकालमा पनि चुम्लुङले प्रजातन्त्र बहालीमा कियाचुको भूमिका सहितको विज्ञप्ति जारी भएको इतिहास रहेको विचारहरु व्यक्त भएका थिए । कियाचु केन्द्रीय अध्यक्ष योगराज लिम्बु वनेमको अध्यक्षता र महासचिव निरन्ती तुम्बापोको संचालनमा सम्पन्न केन्द्रीय सल्लाहकारहरुसँग उक्त परामर्श बैठकमा चुम्लुङका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।