कियाचु दक्षिण कोरियाको अन्तराष्ट्रीय याक्थुङ अनलाईन टिकटक प्रतियोगिता सम्पन्न
मिति २०७७ पुष १५ गते किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया सिरिजंगा सांस्कृतिक विभागद्वारा आयोजित अन्तराष्ट्रीय याक्थुङ अनलाईन टिक-टक प्रतियोगिता ५०८० कार्यक्रम कियाचु दक्षिण कोरियाले सार्वजनिक गरिसकेको थियो। पुरस्कार वितरण विश्वव्यापी कोरोना भाइरस(कोभिड-१९) को महामारी र लडाउनका कारण निकै लामो समय सम्म स्थगन भएको थियो । चासोक तङनामको अवसरमा सानो हातिवन माङहिममा किरात याक्थुङ चुम्लुङ नेपालको आयोजनामा विजेताहरुलाइ पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
KYC south korea opion status: किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया सांस्कृतिक विभाग द्वारा आयोजित "अन्तराष्ट्रीय याक्थुङ अनलाईन टिक-टक प्रतियोगिता ५०८०" कार्यक्रम अत्यन्तै सफलतापूर्वक सम्पन्न भैसकेको सर्वविदितै छ। उक्त प्रतियोगिता गएको मिति 2020 सेप्टेम्बर 7 बाट सुरु भई मिति 2020 नोभेम्बर 7 तारीख अन्तय भएको थियो। प्रतियोगिताको नतिजा भने 2020 नोभेम्बर 15 को दिन सार्वजनिक गरिएको थियो| विश्वव्यापी कोभिड-19 कोरोना भाइरसको महामारी र लडाउनका कारण निकै लामो समय स्थगन भएको पुरस्कार बितरण मिति २०७७ पौष १५ गते तदनुसार 2020/12/30 बुधबारको दिन हामी लिम्बुहरूको महान राष्ट्रिय चाड "चासोक तङनाम" को दिन ललितपुर हात्तीवनमा किरात याक्थुङ चुम्लुङ केन्द्र नेपाल द्वारा हाम्रो किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आधिकारिक पेज मार्फत पर्त्यक्ष प्रसारण गरी बितरण गरिएको सर्वविदितै छ| उक्त पुरस्कार बितरण कार्यक्रमलाई ब्यबस्थापन गरिदिनु भएकोमा किरात याक्थुङ चुम्लुङ केन्द्र नेपाललाई हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछौ|
उक्त प्रतियोगिता बाट बिजेताहरु:-
प्रथम - प्रं.न.18: चाइना योङ्या सेर्मा,ओयाम पान्थर
द्वितीय - प्रं.न.50: नुमा माबुहाङ् लालिगुरास न.पा .३ तेह्रथुम
तृतीय - प्रं.न.124: रोजनी तेयुङ लिम्बू धरान सुनसरी
सान्त्वना - प्रं.न.113: सक्षम लिम्बू धरान सुनसरी
जुरी अवार्ड बिजेताहरु हुनेहरु:-
प्रं.न.3: एम के योङ्हाङ,इलाम
प्रं.न.70: कृष्ण माबुहाङ, तेह्रथुम
प्रं.न. 82: उमा सम्बाहाङफे,इलाम
प्रं.न.112: नुमा तिलिङ् तेह्रथुम
प्र.न.142: बिना पन्धाक तेह्रथुम
सम्पूर्ण बिजेताहरुमा हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौ। प्रतियोगितालाई एक ऐतिहासिक रुपमा सफल बनाउनको निमित्त गाउँ घरको कुना कन्दरा हुँदै बिश्वभरी बाट उत्साह जनक रुपमा सहभागि 165 लिम्बु तथा गैर लिम्बु तपाई सम्पूर्णमा हार्दिक बधाई तथा धन्यवाद ब्यक्त गर्दछौ| साथै हजारौ प्रतियोगिहरुलाई प्रतियोगिताको नियमको परिधिको कारणले प्रतिस्पर्धामा सहभागी गराउन नसकिएकोमा उहाँहरु प्रति माफि चाहन्छौ| आफ्नो अमुल्य समय दिनुभइ कुसल्तापुर्बक निर्णायक मण्डलको भुमिका निर्वाह गरिदिनु हुने निर्णायक मण्डल ज्यूहरु प्रति आभार प्रकट गर्दछौ| त्यस्तै गरी नगद पुरस्कार प्रयोजन गरी दिनुहुने प्रायोजक सुन्दर मनहरु सम्पूर्णमा आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्दछौ| त्यसै गरी प्रतियोगितालाई सफलताको निम्ति चुम्लुङ केन्द्र नेपाल,प्रबास चुम्लुङहरू,बिशिस्ट ब्याक्तित्वहरु,राष्ट्रिय याक्थुङ कलाकारहरू मार्फत शुभकामना सन्देश दिनु हुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौ| त्यस्तै गरी प्रतियोगितालाई प्रचार प्रसार गरेर सहयोग गरिदिनु हुने मिडियाकर्मी मित्रहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ| प्रतियोगिताको दौडानको क्रममा जान अन्जान कहीँ कतै गल्ती कम्जोरी रहन गएमा हामी सिङ्गो संस्था तथा ब्याक्तिगत रुपमा क्षमा याचना गर्दछौ| यस प्रतियोगितालाई सफल बनाउनको निमित्त बिशेष गरी चुम्लुङ कोरिया संरक्षक, सल्लाहकारहरु,अध्यक्ष,महासचिव, सास्कृतिक बिभाग संरक्षक,सल्लाहकारहरु, संयोजक कार्य समिति तथा दिर्ज काङ्भा बोखिम,अर्जुन तुम्बापो, बिनोद सौदेन् ,प्रितम लिम्बू,सुर्य काङ्भा लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा आर्थिक,भौतिक,नैतिक,रुपमा सहयोग र समर्थन गर्नुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद ब्यक्त गर्दछौ ।